चलचित्र ‘जात्रा’को ट्रेलर रिलिज (भिडियो)


काठमाण्डौ, पैसाको पछि लाग्दा उत्पन्न हुने द्वन्द्वलाई मुख्य बिषयबस्तु बनाई निर्माण भएको चलचित्र जात्राको ट्रेलर सार्वजनिक भएको छ।

सोसल ड्रामा जनरामा रहेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् भने चलचित्रलाई षटकोण आर्ट्सको ब्यानरमा सिंगे लामा, यादव पौडेल र रबिन्द्र सिंह बानियाको लगानीमा निर्माण भएको हो।

कार्तिक २६ मा रिलिज गर्ने मिति सहित ट्रेलर सार्वजनिक गरिएको चलचित्र जात्रामा बिपिन कार्की, रबिन्द्र सिंह बानिया, रबिन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, प्रबिण खतिवडा लगायतको अभिनय रहेको छ।

चलचित्रको ट्रेलर हेर्नुहोस।