दशैं पछि राजधानीमा फोहरबाट वायोग्यासको उत्पादन सुरु हुदैं


काठमाडौं । काठमाडौँ महानगरपालिकाले राजधानीमा दशैं पछि वायोग्यासको उत्पादन सुरु गर्ने भएको छ।

काठमाडौँ उपत्यकाको फोहोरको उचित व्यस्थापन गर्न बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले ग्यास निकाल्नका लाग जैविक फोहोर राखी परीक्षणको काम भइरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन्।

कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठका अनुसार बायोग्यास उत्पादनका लागि श्रेष्ठले कामपाको वडा नं २१, १२, १९ र २० मा सङ्कलन गरी छुट्याइएको कुहिने र नकुहिने फोहरबाट दैनिक ३०० टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने महानगरको तयारी छ ।

बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाले २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलोे नमुना परियोजना हो । यो योजना सफल भएमा अन्य स्थानमा पनि यसलाई विस्तार गरिने कामपाले जनाएको छ ।

फोहरको उचित व्यवस्थापनसँगै सहरलाई फोहरबाट मुक्त गर्न लागिएको होे । दिगोरूपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ । कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ ।