सन्चिता र जीवनको ‘राधा’ चलचित्रको ट्रेलर सार्वजनिक (भिडियो)


काठमाण्डौ, नेपाली कथानक चलचित्र ‘राधा’ को ट्रेलर सार्वजनिक भएको छ। कार्तिक २ मा प्रदर्शन हुने यस चलचित्रमा नायक जीवन लुइँटेल र नायिका संचिता लुइंटेलले अभिनय गरेका छन्।
राजधानीमा आइतबार एक समारोहका बीच सार्वजनिक ट्रेलरमा प्रेम, रोदन, द्वन्द्व लगायतका पक्षलाई समावेश गरिएको छ। योगेश घिमिरेको निर्देशनमा बनेको चलचित्रको ट्रेलर हेरेकै भरमा पनि चलचित्र राम्रो बनेको अनुमान गर्न सकिने खालको रहेको छ।
कार्यक्रममा उपस्थित कलाकार तथा निर्माण टिमले चलचित्रमा आफुँहरुले निकै मेहनत गरेको र चलचित्र राम्रो बनेको दावी गरेका छन्।
चलचित्र राधाको ट्रेलर हेर्नुहोस्।