गायक रामकृष्ण ढकालको १५ औं गीति एल्वम सार्वजनिक


काठमान्डौ, नेपाली सुगम संगीतका सफल र चर्चित गायक रामकृष्ण ढकालले आफ्नो १५ औं गिती एल्बम ‘आवरण’ सार्वजनिक गरेका छन् । राजधानीको सोल्टी होटलमा शनिबार सार्वजनिक ढकालको एल्बममा उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट विमोचन गरिएको थियो ।

११ वटा गीत समावेश गरिएको यस एल्वममा आनन्द अधिकारी, उत्तम संजेल, बिनोद बन्जारा, एक नारायण भण्डारी, रमेश विजी, बिनोद बन्जारा, डा. आश बहादुर तामांग, देवेन गिरी, प्रज्ज्वल शमशेर जवराको शब्द रहेका छन् भने किरण कँडेल, सुगम पोख्रेल, शिखर सन्तोष, राजेश थापा, न्यु बज्राचार्य, हरि लम्साल लगायतको संगीत रहेको छ।

कार्यक्रममा ढकालले एक दर्जन भन्दा बढी आफ्ना लोक प्रिय गीत लाइभ प्रस्तुत गर्नुका साथै नयाँ एल्वममा समावेश दुई गीतको म्युजिक भिडियो पनि देखाइएको थियो।