इन्द्रेणी बचतको नवौं साधारण सभा सम्पन्न


पोखरा । पोखरा उपमहानगरपालिका वडा नं. १७ को अग्रणी सहकारी संस्था इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारण सभा शनिबार सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्दै सहकारी तथा गरिबि निवारण मन्त्री हृदयरााम थामीले सहकारी माथी लगाईएको कर जनताको हकहितमा हुने गरि ऐन हुने भन्दै सहकारीको मूल्य मान्यता र सिद्धान्त बिपरित पनि ऐन नआउनेमा ढुक्क हुन आग्रह गरे । साथै उनले सफल सहकारीलाई बिगार्ने नभई समस्याग्रस्त सहकारीलाई उठाउन लागेको वताएका थिए ।

सहकारीका अध्यक्ष प्रबिण पौडेलले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै छोरेपाटन क्षेत्रमा टोल विकास संस्थाको वचत कार्यक्रमलाई व्यवस्थित गर्न २०६४ सालमा १०२ जना शेयर सदस्यले स्थापना भएको सहकारीमा हाल ७९३ पुगेको बताए । साथै उनले संस्थाले विभिन्न उपसमिति गठन गरि शेयर सदस्यहरुलाई हरेक सुबिधा दिएको बताए ।

कार्यक्रममा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका प्राचार्य बद्रीनाथ अधिकारी, कास्की जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भिम गुरुङ, शिक्षा बिद् देवराज चालिसे, रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाका सभापति तिर्थराज अधिकारी, बिरौटा बचत तथा ऋण सहकारीका अध्यक्ष भेषराज बराल, गुप्तेश्वर गुफा ब्यबस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका सदस्य शुष्मा पौडेल, सम्मानित ब्यक्ति खगराज आचार्य, डेबिज फल टोल बिकास संस्थाका अध्यक्ष लेखनाथ बराल, शेयर सदस्य ऋषिराम बराललगाएतले शुभकामना व्यक्त गरेका थिए ।

सभाले अध्यक्ष प्रवीण पौडेलको बार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष धर्मराज बरालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन र लेखा सुपरिबेक्षण समितिको प्रतिवेदनहरु सर्बसम्मत पारित गरेको थियो । सो अबसरमा जेष्ठ शेयर सदस्य खगराज शर्मा, संस्थापक कोषाध्यक्ष शालीग्राम पराजुली, संस्थापक संचालक लेखनाथ बराल, उत्कृष्ट आर्थिक कारोबार गर्ने छायादत्त भट्टराई, देवी चपाई कमलकान्त उपाध्यायलाई सम्मान गरिएको थियोे ।

त्यसैगरी संस्थाका शेयर सदस्यका छोराछोरीहरु दिप्ती बराल र सन्दीप अधिकारीलाई सम्मानपत्र, दोसल्लाले र उत्कृष्ट कर्मचारी बजार प्रतिनिधिहरु मिनाकुमारी शर्मापौडेल र सरस्वती पोख्रेललाई प्रशंसापत्र प्रदान गरिएको थियो । सहकारीका अध्यक्ष प्रवीण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गोपाल बरालले, बद्रीनाथ पहारीले धन्यवाद र संचालन सचीव सागर अधिकारीले गरेका थिए भने डा. टंकप्रसाद अधिकारी सहकारीको सात सिद्धान्त पढेका थिए ।
तस्विर ः श्याम श्रेष्ठ/झरना फोटो