भारत सहित ५ देशले बहिष्कार गरे पछि अन्तत सार्क सम्मेलन स्थगित


सेप्टेम्बर ३०, पाकिस्तानको इस्लामाबादमा आगामी नोम्भेम्बरमा हुने सार्क सम्मेलनमा भारतसहित अन्य चार देश सहभागी नहुने भएपछि आगामी नोभेम्बरमा ९ र १० तारिख इस्लामाबादमा हुने १९ औं सार्क सम्मेलन स्थगित भएको छ। 

भारतले पाकिस्तानद्वारा सिमा क्षेत्रमा भै रहेका आतंककारी हमलाका कारण आफ्नो देशले सार्क सम्मेलनमा सहभागिता नजनाउने भने पछि भारतलाई अफगानिस्तान, बंगलादेश, भुटान र श्रीलंकाले पनि भाग नलिने जनाए पछि अन्तत पाकिस्तानले सार्क सम्मेलन स्थगित भएको घोषणा गरेको छ। 

यसै सम्बन्धमा सार्कको अध्यक्ष राष्ट्र नेपालले सबै सदस्य राष्ट्रसंग छलफल गरि सार्क सम्मेलन सम्भव भए सम्म तोकिएकै समयमा नभए पनि जति सक्दो छिटो गर्न पहल गर्ने जनाएको छ।