डा. केसी द्वारा मन्त्रि थापाको आग्रह अश्विकार अनसन जारी राख्ने


सेप्टेम्बर ३०, स्वास्थ्यमन्त्रि गगन थापाले त्रिवि शिक्षण अस्पतालमा पाँच दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेटि अनसन तोड्न गरेको आग्रहलाई डा. केसीले अश्विकार गरेका छन्। 

चिकित्सा शिक्षा नीति विधेयक संसदको यही अधिवेशनबाट पारित हुनुपर्ने, अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने, चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नुपर्ने लगायतका माग राख्दै पाँच दिनदेखि आफ्नो नवौं पटकको अनसनमा डा. केसीलाई मन्त्रि थापाले सरकारले उनको माग सम्बोधन गर्नका लागि पहल गरिरहेको जानकारी दिँदै अनसन तोड्न आग्रह गरेका थिए ।डा. केसीले मन्त्रि थापालाई सरकारले आफ्ना सम्पूर्ण माग पुरा नगरे सम्म अनसन नतोड्ने बताएका थिए।