जनसम्पर्क समिति स्पेनको अधिबेशन स्थगित हुनुको कारण खुलाशा।


प्रकाश तिवारी, स्पेन – नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशन दोश्रो पटक स्थगित भएसँगै अधिबेशन स्थगित हुनुको प्रमुख कारण खुलाशा भएको छ।

नेपाली कांग्रेससँग आवद्व नेपाली जनसम्पर्क समिति स्पेनको सेप्टेम्बर १८ मा गर्ने भनिएको पाँचौ अधिवेशन बिबिध कारण बस स्थगित गर्दै अक्टोबर २ तारिखका लागि तोकिएको थियो तर अधिबेशन नजिकिदै गर्दा पुन नयाँ कार्यसमितिको निर्वाचनका सम्बन्धमा बैधानिक र प्रक्रियागत समस्या देखिएको भन्दै अर्को निर्देशन प्राप्त नहुन्जेल सम्मका लागि जनसम्पर्क समिति स्पेनको पाँचौ अधिवेशन स्थगित गर्न नेपाली कांग्रेस केन्द्रिय कार्यालयले लिखित रुपमा जानकारी गराए पश्चात समितिले दोश्रो पटकका लागि अधिवेशन स्थगित गरेको थियो ।

यसै बीच जनसम्पर्क समिति स्पेनको महाधिबेशन स्थगित गराउन प्रभावित गर्ने एउटा पत्र सार्वजनिक भएको छ। सार्वजनिक पत्र समितिको पाँचौ अधिवेशनमा नयाँ कार्यसमितिको अध्यक्ष पदको उम्मेदवारी धोषणा गरेका इन्द्र प्रसाद शर्माको प्यानलद्वारा हस्ताक्षर गरि निर्वाचन समितिलाई पठाइएको छ।

निर्वाचन समितिका संयोजकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा लेखिएको छ’ 

नेपाली जनसम्पर्क समिति स्पेनको महाधिबेशनको अन्तिम चरणमा आएर पुन बिवाधित बनाउने खेल भैरहेको छ।  यसले समग्र संस्थालाई नै कसैको इच्छा पूर्तिको साधन बनाउँदै कसै प्रति प्रतिसोध र निषेधको राजनीतिलाई बढुवा दिइरहेको हाम्रो निष्कर्ष छ। तर पनि संगठनलाई सृद्वीढ बनाउंदै अघि बढ्ने सवालमा केन्द्रिय बिधान अनुसार पनि सबै सँगको छलफल र राय पश्चात जान सकिने सहमति जनाउँदा जनाउँदै अहिलेको महाधिबेशन सम्पन्न गराउन मौजुदा कृयासिल सदस्यहरु बाट सम्भव छैन। किनकि यी कृयासील सदस्यहरु अधिकांस यही हैनन्। साथै यस बिषयमा अघिल्ला समितिका बैठकमा पुर्व अध्यक्ष मण्डल, सल्लाहकारहरुको पनि नेपाली जन सम्पर्क समितिको निर्वाचन प्रकृयामा कृयासील सदस्यहरु भोटरको रुपमा मान्य हुन् नसक्ने सबैको सहमत भएको थियो। तसर्थ केन्द्रिय बिधान अनुसार निर्वाचनमा गएपनि कृयासिल सबै सदस्यहरुलाई बैधानिक सदस्य मान्न सकिदैन। यस कुराको सम्बन्धित सबैमा जानकारी गराउदै र मतदाता साधारण सदस्यबाट गर्न गराउनुहुन ध्यान आकर्षण गर्दछौं।’

यसरी लेखिएको उक्त पत्रको बोधार्थमा नेपाली कांग्रेस केन्द्रिय कार्यालय काठमाण्डौ, नेपाली जन सम्पर्क समिति स्पेन, भूतपूर्व अध्यक्ष मण्डल नेपाली जन सम्पर्क समिति स्पेन, सल्लाहकार संयोजक नेपाली जन सम्पर्क समिति स्पेनलाई राखिएको छ।

निर्वाचन समितिलाई पठाइएको सक्कली पत्र हेर्नुहोस। dumre-letter

यो पनि पढ्नुहोस्
जनसम्पर्क समिति स्पेनको अधिबेशन दोश्रो पटक स्थगित (पत्र सहित)