असेर्दी स्पोर्टस क्लबले खुल्ला राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने


received_1299837633373516
पाल्पा । पाल्पा जिल्लाको रमणीय क्षेत्र हुँगी असेर्दीमा शुभ विजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा असेर्दी स्पोर्टस क्लबले खुल्ला राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

असेर्दीमा रहेको करङ्गेटार स्थित मैदानमा भब्य रुपले खेल आयोजना सबै तयारी पुरा भएको आयोजकले बताए । क्षेत्रीय लेभलका क्रीकेट खेलाडीहरु सचिन पाण्डे, विजय रानाभाट, सुमन पाण्डे खेल संयोजक र सहसंयोजक रहेका छन् ।

सोही खेलमा सम्पूर्ण जिम्मेवारी आयोजक स्पोर्ट्स क्लबले लिने र खेल खेल्नको लागि दर्ता शुल्क तीन हजार र खेलाडी संख्या १५ जना मात्र रहने जनाईएको छ । टीम दर्ता गर्नको लागि असोज १६ गतेसम्म २४ सै घण्टा खुल्ला रहेको क्लबका उपाध्यक्ष बिजय रानाभाटले जानकारी दिएका छन् । प्रतियोगिता असोज १७ गतेबाट सुरु हुनेछ ।

प्रतियोगितामा प्रथमलाई नगद बीस हजार, सिल्ड मेडल र प्रमाणपत्र र दोस्रोलाई नगद दस हजार, मेडल सिल्ड र प्रमाणपत्र राखेको छ । खेलको म्यान अफ दि म्याच र म्यान अफ दि सिरिजलाई मेडल र सिल्डको ब्यवस्था समेत गरेको छ ।

साथै सो अबसरमा खेल मैदान निर्माणमा सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरिने आयोजकले बताए ।