चिप्लेढुङ्गामा निःशुल्क कन्सर्ट शुक्रबार, तयारी पूरा


पोखरा / पोखराको चिप्लेढुङ्गा मानवअधिकारचोकमा भोलि (शुक्रबार) हुने कन्सर्टको तयारी पूरा भएको छ । पोखरा ट्रेडमलको आयोजना तथा चहलपहल नेपालको ब्यबस्थापनमा निःशुल्क हुने कन्सर्टमा क्यास भौचर समेत वितरण गरिने आयोजकले जनाएको छ ।

शुक्रबार अपराह्न ३ बजेदेखी साँझ ६ बजेसम्म ‘लाइभ कन्सर्टको साथमा पोखरा ट्रेडमलको दशैं तिहार मेला’को शुभारम्भ कार्यक्रममा सहभागि एक सय जनालाई २ सय र ५ सयको क्यास भौचर वितरण गरिने चहलपहल नेपालका संयोजक सन्देश श्रेष्ठले जानकारी दिए । कन्सर्टमा सहभागि मध्ये सबैभन्दा धेरै रमाइलो गर्दै कन्सर्ट हेर्ने दर्शकहरुलाई भौचर दिइने उनले बताए । जुन भौचर पोखरा ट्रेडमल भित्रको कुनैपनि पसलमा गएर सामान किन्दा प्रयोग गर्न सकिने पोखरा ट्रेडमलका प्रबन्ध निर्देशक मिनराज काफ्लेले बताए ।

कन्सर्टमा नेपालकै चर्चित व्याण्डहरु Mt.8848र D-Marcha ब्याण्ड तथा स्थानिय गायक सन्तोष बस्याल र ओम गुरुङको प्रस्तुती रहने संयोजक श्रेष्ठले बताए ।

यसैबीच, पोखरा ट्रेडमलको दशैं तिहार मेला अन्तर्गत बम्पर उपहार कार्यक्रम यहि असोज १५ गते शनिबारदेखी शुरु हुने भएको छ । मंसिर २४ गतेसम्म लागु हुने यो उपहार योजना अन्तर्गत दैनिक, साप्ताहिक र बम्पर उपहारहरु रहेका छन् ।

उपहार योजना अन्तर्गत दैनिक १ लाख बराबरको नगद भौचर, मुभी टिकट, आकर्षक गिफ्ट ह्याम्पर ग्राहकले प्राप्त गर्नेछन् । त्यस्तै साप्ताहिक रुपमा सिजिको ३२ ईञ्चको एलईडी टिभी ५ थान र २ सय लिटरको फ्रिज ५ थान प्राप्त गर्नेछन् ।

यसैगरी बम्पर उपहारमा यामाहा बाइक, यामाहा स्कुटर, हिराको हार र मलेसियाको दोहोरो हवाई टिकट एक जनालाई प्रदान गरिने उपहार योजना कार्यक्रम संयोजक बासुदेव पराजुलीले जानकारी दिए । उपहार जित्नको लागि ग्राहकले पोखरा ट्रेडमल भित्रका जुनसुकै पसलमा सामान खरिद गर्दा उपहार कुपन प्राप्त गर्नेछन् । एक हजार सामान खरिद गर्दा एउटा र २ हजार ५ सय रुपैयाँ भन्दा माथीको सामान खरिदमा ३ वटा उपहार कुपन निःशुल्क प्राप्त गर्नेछन् । प्राप्त कुपन मध्ये लक्की ड्र बाट बिजेताको घोषणा गरिने आयोजक पोखरा ट्रेडमलका सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए ।