एनआरएनको एसिया प्यासिफिक भेला मलेसियामा हुने


क्वालालाम्पुर । गैर आवसीय नेपाली संघको एसिया प्यासिफिक भेला क्वालालाम्पुरमा हुने भएको छ ।

एनआरएन मलेसियाको २८ सेप्टेम्बरमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

संघका अध्यक्ष विश्व राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न देशका पदाधिकारी, क्षेत्रीय संयोजकको सल्लाह बमोजिम आगामी जनवरी २२ तारीखका दिन मलेसियामा चौथो एसिया प्यासिफिक भेल गर्ने निर्णय गरेको हो ।

एनआरएन मलेसियाले भेला सम्पन्न गर्न सबैमा सहयोग तथा सहकार्यको लागि अनुरोध समेत गरेको छ ।