टुर दि पोखरा आज, एनआरएनको पनि शुभकामाना


बार्सिलोना/ पर्यटन प्रवर्द्धनका लागि पोखरामा ‘टुर दि पोखरा-२०१६’आज हुँदै छ। साइकल सिटी पोखराको आयोजनामा हुने ‘साइकल चढौं-स्वास्थ्य, वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ ‘टुर दि पोखरा’को दोश्रो श्रृङ्खला आज हुन लागेको हो।

पोखराको पर्यटकीय केन्द्र लेकसाइडको वराहीघाटबाट लेखनाथको बेगनासतालसम्म बृहत साइकल र्‍यालीको आयोजना गरिदै छ।  कार्यक्रम]संयोजक नीरज थापाका अनुसार र्‍याली वराहीघाटबाट शुरु भई हल्लनचोक, जरेवर, सिर्जनाचोक, सिमलचौर, बगालेटोल, गणेशटोल, नालामुख, भिमसेनटोल, भैरवटोल, मोहरियाटो, बिन्ध्यबासिनी, बागबजार, बगर, ट्याक्सीचोक, भिमबजार, पृथ्वीनारायण क्याम्पस, नदीपुर, पालिखेचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, पोखरा रंगशाला, अमरसिंहचोक, चाउथे, बिजयपुर, बुढीबजार, अर्घौं, तालचोक, भण्डारढिक, पोखरा विश्वविद्यालय, सिसुवा, बेगनास बजार हुँदै बेगनास डुंगाघाटमा पुगेर समापन हुनेछ ।कार्यक्रमका लागि करीब ११ लाख ५० हजार खर्च लाग्ने अनुमान आयोजकको रहेको छ।

एनआरएनको पनि शुभ-कामाना

गैर आबासीय नेपाली संघ (एनआरएनए) ले टुर दि पोखराका लागि शुभकामाना ब्यक्त गरेको छ। “स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल” भन्दै साइकल सिटी पोखराले आयोजना गरेको ‘टुर दि पोखरा’लाई संघले शुभकामाना ब्यक्त गरेको हो।

संघका उपाध्यक्ष कुमार पन्तले  पोखरामा सुरु भएको साइकल र्‍यालीलाई यस पटक पनि जारी राख्दै निरन्तरता दिनु आफैँमा महत्वपूर्ण र प्रशंसनीय रहेको बताएका छन्। शुभकामाना सन्देश दिदै उपाध्यक्ष पन्तले भनेका छन्,”पोखरालाई साईकल मैत्री शहर बनाउँने नीति लिएर मुलुकबाट सकारात्मक सोचका साथ थालनी भएका यस्ता कामले हामी सम्पूर्ण गैर आबासीय नेपालीहरु अन्त्यन्तै खुशी भएका छौ।”

“टुर दि पोखरा” बारे जानकारी दिन आयोजकले युरोपका एनआरएनहरुसँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरेकोमा आँफुहरु हर्षित भएको भन्दै उपाध्यक्ष पन्तले यस्ता कामको गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मुक्तकण्ठले प्रशंसा गरेको शुभकामाना सन्देशमा उल्लेख गरेका छन्।

सकारात्मक सोचका साथ गरिने बिभिन्न कार्यक्रमहरुमा गैर आबासीय नेपाली संघ (एनआरएनए) पनि सहकार्य गर्न ईच्छुक र प्रतिबद्द गरेको जानकारी पन्तले  “टुर दि पोखरा” लाई सफलताको शुभकामना दिदै सन्देश पठाएका छन्।14463310_1284831088217657_5953100610963389665_n