टुर दि पोखराका लागि प्रधानमन्त्री दाहालको शुभकामाना


पोखरा/ पर्यटन प्रवर्द्धनका लागि पोखरामा आयोजना भएको ‘टुर दि पोखरा’का लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले शुभकामाना ब्यक्त गरेका छन्। साइकल सिटी पोखराको आयोजनामा शनिबार ‘साइकल चढौं-स्वास्थ्य, वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ सम्पन्न ‘टुर दि पोखरा’का लागि प्रधानमन्त्री दाहालले शुभकामाना ब्यक्त गरेका हुन्।

प्रधानमन्त्री दाहालले पोखरालाई साइकल मैत्री शहर बनाउँने उदेश्यका साथ साइकल र्‍याली आयोजना भएकोमा खुशी ब्यक्त गरेका छन्। प्रधानमन्त्रीले शुभकामाना सन्देशमा लेखेका छन्, “देशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको पोखरालाई प्रदुषणमुक्त,सफा र हराभरा शहरका रुपमा स्थापित गर्न साइकल र्‍यालीले टेवा पुग्नेछ भन्ने बिश्वास लिएको छु।”

उनले टुर दि पोखरा साइकल र्‍यालीका माध्यमवाट नेपालको पर्यटन बिकास एबम्  स्वच्छ बाताबरण र स्वास्थका लागि योगदान पुर्याउन पनि शुभकामाना सन्देश मार्फत सबैलाई अनुरोध गरेका छन्।

14449739_1285996508101115_1652054275849074364_n

एनआरएन लगायत देश विदेशबाट शुभ-कामाना

‘टुर दि पोखरा’ को लागि युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमले प्रबासमा समेत बिभिन्न कार्यक्रम,अन्तरक्रिया तथा जानकारी गराए पछि शुभकामाना तथा शुभेच्छाहरु प्राप्त भएका छन्। साइकल सिटी पोखराकी सदस्य करुणा ढकाल युरोप आएको बेला नेपालीनेपाली डटकमले बिभिन्न मुलुकहरुमा टुर दि पोखरा बारे जानकारी मुलक कार्यक्रमहरु आयोजना गरेको थियो।

यसैबीच  गैर आबासीय नेपाली संघ (एनआरएनए) ले टुर दि पोखराका लागि शुभकामाना ब्यक्त गरेको छ। “स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल” भन्दै साइकल सिटी पोखराले आयोजना गरेको ‘टुर दि पोखरा’लाई संघले शुभकामाना ब्यक्त गरेको हो।

14463310_1284831088217657_5953100610963389665_nसंघका उपाध्यक्ष कुमार पन्तले  पोखरामा सुरु भएको साइकल र्‍यालीलाई यस पटक पनि जारी राख्दै निरन्तरता दिनु आफैँमा महत्वपूर्ण र प्रशंसनीय रहेको बताएका छन्। शुभकामाना सन्देश दिदै उपाध्यक्ष पन्तले भनेका छन्,”पोखरालाई साईकल मैत्री शहर बनाउँने नीति लिएर मुलुकबाट सकारात्मक सोचका साथ थालनी भएका यस्ता कामले हामी सम्पूर्ण गैर आबासीय नेपालीहरु अन्त्यन्तै खुशी भएका छौ।”

tour-de-pokhara-2016-cycle-rally-1“टुर दि पोखरा” बारे जानकारी दिन आयोजकले युरोपका एनआरएनहरुसँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरेकोमा आँफुहरु हर्षित भएको भन्दै उपाध्यक्ष पन्तले यस्ता कामको गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मुक्तकण्ठले प्रशंसा गरेको शुभकामाना सन्देशमा उल्लेख गरेका छन्।

सकारात्मक सोचका साथ गरिने बिभिन्न कार्यक्रमहरुमा गैर आबासीय नेपाली संघ (एनआरएनए) पनि सहकार्य गर्न ईच्छुक र प्रतिबद्द गरेको जानकारी पन्तले  “टुर दि पोखरा” लाई सफलताको शुभकामना दिदै सन्देश पठाएका छन्।

यस्तै डेनमार्कका लागि पर्यटन दुत सोम सापकोटाले कार्यक्रम अति नै महत्वपूर्ण रहेको भन्दै आउँदा दिन यस्ता कामको लागि प्रबासबाट तयारी साथ सहयोग गरिने बताएका छन्। आफ्ना शुभकामाना सन्देशमा सापकोटाले यस्ता कार्यक्रमले पर्यटकहरुको ध्यान तान्ने हुँदा अन्य सहरहरुमा पनि यसको सिको गर्नु पर्नेमा जोड दिएका छन्।

टुर दि पोखरा भब्य रुपमा सम्पन्न

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आयोजना गरिएको ‘टुर दि पोखरा-२०१६’ भब्य रुपमा सम्पन्न भएको छ। साइकल सिटी पोखराको आयोजनामा शनिबार ‘साइकल चढौं-स्वास्थ्य, वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ ‘टुर दि पोखरा’को दोश्रो श्रृङ्खला सम्पन्न भएको हो।

टुर दि फ्रान्सबाट प्रेरित भएर गत बर्ष देखि सुरु भएको साइकल र्‍याली यस पटक पोखराको पर्यटकीय केन्द्र लेकसाइडको वराहीघाटबाट सुरु भएर लेखनाथको बेगनासताल पुगेर टुंगिएको छ। फेवा देखि बेगनास सम्मको साइकल यात्रामा ७ सय ३५ जनाले सहभागीता जनाएको साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले जानकारी दिए।14469636_682524868569442_7621109470080938096_nकार्यक्रममा ७ वर्षका बालबालिका देखि ८६ वर्ष सम्मका साइकल यात्रीहरु सहभागीता थिए । ‘टुर दि पोखरा’मा सहभागी बन्न अन्य सहर देखि पनि आएको कार्यक्रम संयोजक निरज थापाले बताए। थापाले भने,” टुर दि पोखरा भब्य रुपमा सम्पन्न भएको छ, सहयोग गर्ने सबै प्रति हामी कृतज्ञ छौ।”

कार्यक्रममा विश्व साइकलयात्री पुष्कर शाह पनि सहभागी थिए। यस्तै ५५ वर्षदेखि एउटै साइकल चढ्दै आएका माटेपानीका ८७ वर्षीय जगतबहादुर रञ्जितलाई कार्यक्रममा नयाँ साइकलसँगै सम्मान गरिएको थियो।

थापाका अनुसार र्‍याली वराहीघाटबाट शुरु भई हल्लनचोक, जरेवर, सिर्जनाचोक, सिमलचौर, बगालेटोल, गणेशटोल, नालामुख, भिमसेनटोल, भैरवटोल, मोहरियाटो, बिन्ध्यबासिनी, बागबजार, बगर, ट्याक्सीचोक, भिमबजार, पृथ्वीनारायण क्याम्पस, नदीपुर, पालिखेचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, पोखरा रंगशाला, अमरसिंहचोक, चाउथे, बिजयपुर, बुढीबजार, अर्घौं, तालचोक, भण्डारढिक, पोखरा विश्वविद्यालय, सिसुवा, बेगनास बजार हुँदै बेगनास तालमा पुगेर समापन भएको थियो।
14440751_682525321902730_1595063339787105268_ntour-de-pokhara-2016-cycle-rally-3tour-de-pokhara-2016-cycle-rally-6