स्पोर्टिङ लिस्बोन बिरुद्द रियलको नाटकीय जित


खेलको अन्त्य तिर गरेको दुई गोलको मदतमा साविकको विजेता रियल मड्रिडले स्पोर्टिङ लिस्बोनलाई हराएको छ र च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बोनलाई २-१ गोल अन्तरले हराएको हो ।

रियलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुमा नै स्पोर्टिङ लिस्बोनले अग्रता लियो । उसका लागि सिजर जानाकीले गोल गरे ।

तर, निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी छँदा क्रिष्टियानो रोनाल्डोले फ्रि किकमार्फत बराबरी गोल गरे भने ९० मिनेट पुरा भए पछि थपिएको अतिरिक्त समयमा मोराटाले गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका छन् ।

हालैमात्र पोर्चुगललाई युरोकपको उपाधि दिलाएका रोनाल्डो ठूला प्रतियोगितामा ४३ फि्रकिकमा गोल गर्न असफल रहेको रेकर्ड छ । तर, बुधबार उनले २५ यार्ड टाढाबाट गोल गरे ।

यो उनको करियरमा १२ औं च्याम्पियन्स लिग फ्रिकिक हो । र, यो गोलसँगै प्रतियोगितामा उनको गोल ९४ पुगेको छ । जसमध्ये रियलका लागि ७६ खेलमा ७९ गोल भएको छ ।