बेल्जियममा खपाङ्गी प्रति श्रध्दान्जली


इन्दिरा चाम्लिंग/बेल्जियम ।
विश्व मगर संघ बेल्जियमको आयोजनामा स्वर्गीय गोरे बहादुर खपाङ्गी मगरको स्मृतिमा श्रध्दान्जली सभा सम्पन्न भएको छ । लुभेन बेल्जियममा मंगलबार आयोजित कार्यक्रममा स्व. खपाङ्गी प्रति श्रध्दान्जली ब्यक्त गरिएको हो ।सभामा आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष पिजी.शेर्पाले गोरे बहादुर खपाङ्गी फ़ाउन्डेशनलाई ५१ हजार ५ सय रूपैयाँ दिने घोषणा गरेका छन् ।

नेफिन बेल्जियम अध्यक्ष तथा ससफो वैकल्पिक केन्द्रीय सदस्य पि. जी. शेर्पा र एनआरएन अन्तराँष्ट्रीय समन्वय परिषद सदस्य नेत्र मगर ,एनआरएन बेल्जियम अध्यक्ष गंगाधर गौतम,उपाध्यक्ष पदम गुरुङ,तामांग समाज बेल्जियम अध्यक्ष राम लामा, जन प्रगतिशील महिला मन्च पूर्व अध्यक्ष एबं माओबादी केन्द्र केन्द्रीय भेला आयोजक समिति सदस्य कल्पना मगर, एनआरएन बेल्जियम पूर्व उपाध्यक्ष अनिता लामा, पूर्व महासचिव माधव सापकोटा, ठकुरी समाज बेल्जियमको सल्लाहाकार घन शाही, मगर राष्ट्रिय मुक्ति मोर्चा यूरोप संयोजक तथा माओबादी केन्द्र केन्द्रीय भेला आयोजक समिती सदस्य वीरमान घर्ती मगर, एनआरएन बेल्जियम उपाध्यक्ष पदम गुरूंग ,तमु समाज अध्यक्ष जीवन तमु ,जनसम्पर्क समिती बेल्जियम सहमहामन्त्री बिष्णु सापकोटा,प्रबक्ता सुभाष गुरूंग,नेफेसो बेल्जियम महासचिव लोक राना मगर, विश्व मगर संघ बेल्जियमका जेष्ठ सदस्य राम कुमार बुढ़ा मगर लगायतले श्रद्दान्जली ब्यक्त गरेका थिए ।

संघका सचिव दिलु पुन मगरले सन्चालन गरेको श्रध्दान्जली
कार्यक्रमको समापन गर्दे बिश्व मगर संघ बेल्जियमका अध्यक्ष मार्के मगरले स्वर्गीय खपाङ्गी मगर समुदायको मात्रै महान ब्यक्तित्व नभई आदिबासी जनजाति र समग्र मुलुकले नै उनको कमी महशुस गरिरहेको बताए ।

अध्यक्ष मार्के मगरले खपाङ्गीको जीवनी व्यक्तित्व र बिचारलाई समेटेर छिट्टै पुस्तक प्रकाशन संघको तर्फबाट गर्ने जानकारी गराए ।