क्षेत्री समाज बेल्जियमको तेश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा बस्नेत


बेल्जियम / क्षेत्री समाज बेल्जियमको तेश्रो अधिवेशनले नगेन्द्र बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सोमवार बेल्जियमको लुभेनमा सम्पन्न अधिबेशनबाट बस्नेतको नेतृत्वमा सर्वसम्मत नयाँ समिति बनेको हो ।

यस्तै कार्यसमितिको उपाध्यक्षमा दीपक कार्की, कुलबहादुर कार्की र देवी कार्की, महासचिवमा यशोदा थापा, सचिवमा योगिता थापा र कर्ण अधिकारी, कोषाध्यक्षमा सचिन केसी र सह कोषाध्यक्षमा सीता केसी निर्वाचित भएका छन् ।

सदस्यहरुमा जयराम केसी, हरी रोका, सारदा धिताल, भद्र बुढा, याम खड्का, मीन कुवर, दीपेन्द्र केसी, बुद्वी बराल र अमृत रोका रमेश कार्की चयन भएका छन् ।

साथै पूर्व अध्यक्षहरु ओम थापा र मोहन खत्री संगै दीपेन्द्र केसी, मदन तिमिल्सिना, महेश थापा, झलक केसी,कृष्ण केसी, किसन केसी, इन्द्र पकवान क्षेत्री, खड्कबहादुर केसी,दीप कुँवर,चन्द्र कार्की र शिवकुमार बरुवाललाई सल्लाहकार समितिमा राखिएको छ । यस्तै पूर्व अध्यक्षहरुको समिती समेत गठन गरिएको छ।imageकार्यकममा प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत घनश्याम भण्डारीका साथै क्षेत्री समाज नेपालका उप महासचिव राम बहादुर पाण्डे, एनआरएन केन्द्रिय सचिव अर्जुनकुमार श्रेष्ठ, महिला सह -संयोजक रजनी प्रधान,युरोप उप संयोजक प्रेम गुरुङ,

एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम,आईसीसी सदस्य नेत्र मगर र जानकी गुरुङ लगायत बेल्जियम स्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए ।

मोहन खत्रीको अध्यक्षतामा सम्पन्न अधिबेशनमा आर्थिक तथा प्रगती प्रतिवेदन सर्वसम्बत पारित भएको छ ।