बिश्वकर्मा समाजको आयोजनामा भलिबल प्रतियोगिता सुरु


पोखरा । बिश्वकर्मा पुजाको अबसरमा बिश्वकर्मा युवा समाज केन्द्रिय समितिको आयोजनामा अन्तर बिश्वकर्मा समाज स्तरीय खुल्ला भलिबल प्रतियोगिता बिहीबारदेखि पोखरामा सुरु भएको छ ।

प्रतियोगिताको बिश्व हिन्दु महासंघ दलित समन्वय समितिका केन्द्रिय अध्यक्ष खरिलाल बिश्वकर्माले उद्घाटन गरेका थिए ।

कास्की जिल्लाका १५ टीम सहभागीता रहेकोे सो प्रतियोगिताको उद्घाटन समारोहमा गण्डकी साँस्कृतिक समितिका कोषाध्यक्ष नारायण बास्तोलाले युवा संदेश मुलक कविता बाचन गरेका थिए भने समाजका कोषाध्यक्ष बाबुलाल बिश्वकर्मा, बिश्वकर्मा महिला समाजकी अध्यक्ष मन्जु बिश्वकर्मा घिमिरेले सरकारले गतबर्ष देखि बिश्वकर्मा पुजाको दिन सार्वजनिक बिदा दिएकोमा सरकारलाई धन्यवाद दिएका थिए ।

संस्थाका केन्द्रिय उपाध्यक्ष रनबहादुर बिश्वकर्माले स्वागत मन्तव्यका साथै भगवान बिश्वकर्माको योगदान, महत्त्व र बिश्वकर्मा परिवारको सम्बन्धको महत्त्व बारे प्रकाश पारेका थिए ।

बिश्वकर्मा युवा समाजका अध्यक्ष सोबित बिश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमको संचालन प्रतियोगिता संयोजक राम सुनारले गरेका थिए ।

प्रतियोगिता असोज १ गतेसम्म अम्मरसिङ चौरमा हुनेछ भने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले पुरस्कार, प्रमाणपत्र प्राप्त गर्नेछन् ।