१२ वटा क्यामरा प्रयोग भएको म्युजिक भिडियो


सेप्टेम्बर १२, स्वर्गीय रचनाकार क्षेत्र प्रताप अधिकारीको शब्द तथा उनकै नातिनी अक्षताको गित आलोपको म्युजिक भिडियोको लागि १२ वटा क्यामराको प्रयोग गरिएको हो।

सञ्चारकर्मी तथा अक्षताका पिता अमन प्रताप अधिकारीको निर्देशनमा तयार भएको यस भिडियोमा अक्षतासंगै शुभ आचार्य र समुहले फ्ल्याश मुभमा काम गरेका छन्। कोबिद बज्रको संगीत रहेको यस गीतको कोरियोग्राफी प्रशान्त कोरियो ग्राफर प्रशान्त तामाङले गरेका हुन्।