बिरबिक्रमको सफलता पछि मिलन चाम्सले ‘ह्याप्पी डेज’ बनाउँदै


सेप्टेम्बर १२, चलचित्र ‘वीर विक्रम’को सफलता पछि निर्देशक मिलन चाम्सले सोमबार नयाँ फिल्म ‘ह्याप्पी डेज’ को निर्माण घोषणा गरेका छन्। चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बनाइन लागिएको उक्त फिल्ममा दयाहाङ र प्रियंकाका साथमा सञ्जय गुप्ता र विक्की जोशीले अभिनय गर्ने भएका छन्। दुई नेपाली युवा पढ्न र पैसा कमाउन बेलायत पुगे पछि भेटिने एक युवती संग घट्ने घटनालाई फिल्ममा देखाइने भएको छ। 

चलचित्रको अधिकांश छायांकन बेलायतमा खिचिने ‘ह्यापी डेज’ मा याम थापाको पटकथा ताराप्रकाश लिम्बूको संगीत, सम्राट बस्नेतको द्वन्द्व, रामकुमार केसी र कोलिन पिककले छायांकन गर्ने भएका छन् भने चलचित्रको सम्पादन अर्जुन जीसीको रहने भएको छ। करिब एक करोड ७० लाख रुपैंयाको लागतमा बन्न लागेको चलचित्रलाई आगामी वर्षको अप्रिलमा रिलिज गर्ने तयारी निर्माण टिमले गरेको छ।