मैदान फर्किएको छैटौं मिनेटमा नै रोनाल्डोको गोल


युरोकपको फाइनलका क्रममा चोट बोकेका क्रिष्टियानो रोनाल्डो मैदान फर्किएका छन् ।

स्पेनिस ला लिगामा रियल मड्रिडले ओसासुनासँग खेल्दा रोनाल्डो मैदान फर्किएका हुन् । र, उनले मैदान फर्किएको छैटौं मिनेटमा नै गोल गरेका छन् । मड्रिडले ओसासुनालाई ५-२ को गोल अन्तरमा पराजित गरेको छ ।रियलका म्यानेजर जिदानले रोनाल्डोलाई पुरा ९० मिनेट भने खेलाएनन् । खेलको ६६ औ मिनेटमा बेन्जिमलाइ मैदानमा भित्राउदै रोनाल्डोलाई निकालेका थिए ।

पोर्चुगलका स्ट्राइकर ३१ वर्षे रोनाल्डो युरोकपको फाइनलमा २४ औं मिनेटमा नै घाइते भएका थिए । तर, पोर्चुगलले फ्रान्सलाई हराउँदै उपाधि जित्यो ।