चलचित्र ‘छक्का पन्जा’ देशै भरि हाउस फुल 


काठमाण्डौ, सेप्टेम्बर १०, कलाकार दिपाश्री निरौला पहिलो पटक निर्देशन गरेको चलचित्र छक्का पन्जा देशै भरि हाउस फुल रहेको चलचित्रको निर्माण टिम तथा वितरकले बताएका छन्। शुक्रबार देखि अल नेपाल प्रदर्शनमा आएको चलचित्र छक्का पन्जाले दर्शक तथा समिक्षकहरुले समेत राम्रो भनेको हुँदा व्यापक रुपमा हुदाँ माउथ पब्लिसीटी पाएको छ।

आमा सरस्वती मूबिज र गीता देवी फिल्मसको ब्यानरमा निर्माण भएको कमेडी जनराको यस चलचित्रमा निर्मल शर्मा गैडा, जितु नेपाल, कुन्जना घिमिरे ‘सुन्तली’  सहित अभिनय गर्ने केहि हाँस्य कलाकारहरुको समेत लगानी रहेको छ । चलचित्रमा राजनराज शिवाकोटी र दिपक शर्माको संगीत , पुरुषोत्तम प्रधानको छायांकन ,कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्धि तामाङ्ग ‘हैट’, बर्षा शिवाकोटी, नम्रता सापकोटा, सुमन गिरी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।