जनसम्पर्क समिति स्पेनको अधिबेशन १२ दिन पछि सार्न केन्द्रको निर्देशन


बार्सिलोना/ आगामी सेक्टेम्बर १८ तारिख हुने भनिएको  नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशन १२ दिन पछि धकेलिएको छ। सेक्टेम्बर ३० तारिख अधिबेशन गर्न केन्द्रले निर्देशन दिदै पत्राचार गरे पछि अधिबेशन करिव २ साता पछि धकेलीएको हो।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्षलाई सम्बोधन गर्दै  लेखिएको पत्रमा नेपाल महिला संघ र नेपाल तरुण दलको केन्द्रीय महाधिबेशन नजिक आएकोले स्पेनको अधिबेशन सार्नु परेको उल्लेख गरिएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेल द्वारा हस्ताक्षरित पत्रमा ” नेपाली कांग्रेस आबद्द विदेश स्थित जनसम्पर्क समितिहरुको अधिबेशन नेपाली काग्नेसको विधान २०१७ ( संशोधित र परिमार्जित) को धारा १४(३) बमोजिम केन्द्रिय प्रतिनिधिको रोहबरमा हुनु पर्ने बाध्यात्मक बैधानिक व्यस्था रहेको परिपेक्ष रहेको उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ, “नेपाल महिला संघको केन्द्रिय महाधिबेशन सेक्टेम्बर १४,१५ र १६  र नेपाल तरुण दलको महाधिबेशन सेक्टेम्बर १९,२० र २१) गते हुने भएकाले नेपाली जनसम्पर्क समिति स्पेनको पुर्ब निर्धारित अधिबेशन स्थगित गरी सेक्टेम्बर ३० गते मिति तय गर्न निर्देशानुसार जानकारी गराईन्छ।”

समितिका अध्यक्ष शालिकराम डुम्रे केन्द्रको निर्देशन आए पछि अब सोहि अनुसार तयारी थालिने बताएका छन्।

केन्द्रले निर्देशन जारी गरेको पत्र
केन्द्रले निर्देशन जारी गरेको पत्र