स्याङ्जाका अग्नि पिडितलाई सहयोग 


स्याङ्जा सहयोग समाज अन्तराष्टिर्य समन्वय समितिले जिल्लाका विभिन्न ठाउमा भएको आगलागी पिडितलाइ सहयोग गर्ने क्रममा हिजो २०७३ भाद्र १२ गते मनकामना गाबिसका सचिब तथा लामिडाडा दैबी प्रकोप उद्दार समिति का संयोजक डिल्लीराम चापागाईं र वडा संयोजक लाइ २ लाख को चेक हस्तान्तरण गरिएको छ |

हस्तान्तरण समन्वय समिति का अध्यक्ष चन्द्र ब. रोकाहा , महासचिब खेम काफ्ले र साउदी अरबका अध्यक्ष मोहन बीयसके द्वारा गरिएको थियो | कार्यक्रम मनकामना गाबिसको गाबिस भबन कुसुम भन्ज्यांग मा गरिएको थियो | उक्त कार्यक्रममा मनकामना गाबिसका सबै वडाका वडा नागरिक मंचका संयोजक ज्यु हरु, जन ज्योति उच्च माविका प्राचार्य साम प्रसाद गुरुङ साथै स्थानीय बुद्दिजिवी र राजनितिक व्यक्तित्वको समेत उपस्थिति थियो रहेको थियो l

स्याससका विभिन्न देशका राष्ट्रिय समितिहरुबाट सहयोग रकम मध्य स्पेन १ लाख ९७ हजार र साउदी अरबले १ लाख ८० हजार सहयोग रकम प्रदान गरेको हो केहि दिनमा पेलाकोट गाबिसका आगलागी पिडितलाई पनि सहयोग वितरण गर्ने छ l यो भन्दा पहिले युएई, जापान, बहराईन र कतारले पनि सहयोग हस्तान्तरण गरि सकेको छ l