तेस्रो जनसम्पर्क समिति कप फुटबल प्रतियोगीता भव्य रुपमा सम्पन्न


एन आर एन अध्यक्ष शेष घले र स्थानीय डेनिस सांसद पिटर हुम्मलगोर्डले गरे पुरस्कार वितरण

कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको तेस्रो  जेएसएस कप फुटबल प्रतियोगीता भव्य रुपले सम्पन्न भएको छ । प्रतियोगीतामा हिमालयन स्पोर्ट्स क्लबले प्रथम स्थान प्राप्त गरेको छ भने डी एम ओन्स मोर  दोस्रो स्थान र बेल्लाहोए क्लासिकले तेस्रो स्थान प्राप्त गरेका छन् ।

Screen Shot 2016-07-30 at 12.14.30

फाइनाल खेल खेलाउनु अघि तेस्रो स्थानको लागि भएको खेलमा बेल्लाहोए क्लासिक र राइनो नेपाल क्लब नीच भएको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । तत्पश्चात भएको फाइनल खेल निकै रोचक मानिएको थियो जसमा डी एम ओन्स मोर क्लबलाइ एकको विरुद्ध चार गोल गर्दै हिमालयन स्पोर्ट्स क्लबले कप उचाल्न सफल भएको थियो । विजेता टिमले कप र ८ हजार डेनिस  डेनिस क्रोनर नगद पुरस्कार प्राप्त गरेको छ ।

Screen Shot 2016-07-30 at 12.15.04

खेल लगत्तै पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा डेनिस सांसद पिटर हुम्मलगोर्ड, एन आर एन केन्द्रिय अध्यक्ष शेष घले, कार्यबाहक महामहिम राजदुत रामकाजी खड्का, एन आर एन केन्द्रिय उपाध्यक्ष भवन भट्ट, कुमार पन्त, सचीव अर्जुन श्रेष्ठ, एन आर एन महिला संयोजक रजनी प्रधान, एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, एन आर एन युरोप क्षत्रिय संयोजक कुल आचार्य, युरोपेली जनसम्पर्क समितिका अध्यक्ष दिल गुरुङ्ग, एन आर एन आइ सी सी प्रतिनिधी सोम नाथ सापकोटा, जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य, ओएनफका अध्यक्ष कृष्ण प्रसाद पौडेल, जनप्रगतिशील डेनमार्कका उदय राज गौतम, जनसम्पर्क समितिका पुर्व अध्यक्षहरु रामचन्द्र पाठक, यामलाल सुवेदी, त्रिलोचन सापकोटा लगायतको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो ।

Screen Shot 2016-07-30 at 12.15.20

पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्थानीय डेनिस सांसद पिटर हुम्मलगोर्डले नेपालीहरु चांडै नै डेनिस समुदायमा घुलमिल हुने कार्यमा सक्रिय रहेको आंफुले पाएको बताए । नेपाली समुदायको घुलमिलले नेपाल र डेनमार्कको सम्बन्ध अझै प्रगाढ बनाउन मद्धत पुग्ने पनि उनले बताए ।

एन आर एन अध्यक्ष शेष घलेले दोस्रो पुस्ताको एनको बारेमा अब एन आर एनले सोच्नु पर्ने बेला आएको बताए । यसैगरी जनसम्पर्क समिति अध्यक्ष नवराज आचार्यले खेल सम्पन्न गर्न सहयोग गर्ने प्रायोजक लगायत सबैलाई धन्यवाद दिएका थिए । फुटबल प्रतियोगीताका संयोजक कृष्ण गिरिले खेल अवधी भर केहि कमीकमजोरी भए त्यसलाई सच्चाएर जान आगामी दिनमा सोच्नु पर्ने बताए ।

समापन कार्यक्रमको संचालन जनसम्पर्क समितिका महामन्त्री बुद्धि सापकोटाले गरेका थिए ।