डेनमार्क बन्यो एनआरएन मय (फोटोफिचर सहित )


वसन्त रानाभाट बार्सिलोना / गैर आवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन सुरु भएको छ। डेनमार्कको कोपेनहेगनमा दुई दिन सम्म चल्ने यूरोपेली बैठक शनिबार देखि सुरु भएको हो।

“युरोपका नेपालीको अभियान: लगानी, पुनर्निर्माण र पर्यटन” भन्ने नारा सहित सुरु भएको युरोपेली बैठकको उद्घाटन सम्पन्न भएको छ। प्रमुख अतिथिको रुपमा डेनमार्क स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदूत रामकाजी खड्का, गैर आबासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो संघका,प्रमुख संरक्षक तथा पुर्ब अध्यक्ष जीवा लामिछाने,नेपाल उद्दोग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका छन्।

IMG_9393युरोपेली बैठकमा संस्थापक अभियन्ता रामप्रताप थापा,आईएमई गुप्रका अध्यक्ष चन्द्र प्रसाद ढकाल,संघका संरक्षक दिल गुरुङ,उपाध्यक्ष द्वय कुमार पन्त र भवन भट्ट ,महासचिव डा.बद्री केसी, सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी,सह-संयोजक रजनी प्रधान,युरोप संयोजक कुल आचार्य,उप संयोजक प्रेम गुरुङ,दावा जी शेर्पा,अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकारहरु,यूरोप क्षेत्रका आईसीसी सदस्यहरु,राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुको बाक्लो उपस्थिति रहेको छ।

तयारी समितिका सदस्य सचिव सोमनाथ सापकोटाका अनुसार युरोपमा रहेका २७ राष्ट्रिय समन्वय परिषद मध्ये १९ देशहरुबाट करिब २ सय ५० गैर आबासीयहरु बैठकमा सहभागिता जनाएका छन्।

युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुका गतिबिधिलाई समेटेर तयार गरिएको स्मारिकाको समेत बिमोचन भएको छ। युरोप संयोजक आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा एनआरएनए डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले स्वागत मन्तब्य राखेका थिए भने एनआरएनए सञ्चार कार्यदलकि सह – संयोजक संगीता मररठा र राम शरण सिम्खडाले उद्घाटन सत्रको संचालन गरेका थिए।

फोटो स्रोत:- साईग्रेस पोखरेल 

IMG_9387 IMG_9384 IMG_9357 IMG_9347 IMG_9321 IMG_9340 IMG_9314 IMG_9258 DSC_0863 DSC_0866 DSC_0867 IMG_9239 IMG_9247 DSC_0862