बैबाहिक जीवन प्रबेशको क्षणमा, आँफैले पढेको स्कुललाई सहयोग


बार्सिलोना/ स्पेनबाट एक जोडीले आँफू बैबाहिक जीवनमा प्रबेश गरेको उपलक्ष्यमा भूकम्पले क्षतिग्रस्त स्कुललाई सहयोग गर्ने भएका छन्। धादीङ् जिल्ला धुवाकोट गाबिस बडा नम्बर ४ ,जातेखर्क घर भई हाल स्पेनमा बस्दै आएका २७ बर्षका सुर्य प्रसाद सापकोटाले बिद्यालयको सहयोगार्थ ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। सापकोटाले गत साता बार्सिलोनामा चितवन निबासी २० बर्षिय प्रतिमा कडेलसँग बिबाहबन्धनमा बाधिएका छन्।

उनले धादीङ् जिल्ला धुवाकोट गाबिस बडा नम्बर ४ चिन्नेखर्कमा रहेको जनकल्याण प्राथमिक बिद्यालयको सहयोगार्थ रकम उपलब्ध गराउँने भएका छन्। सापकोटाले भने,” यो मेरो जीवनको सुखद पल हो आँफैले पढेको तथा केहि समय अध्यापन गरेको बिद्यालयलाई थोरै भए पनि सहयोग गर्न चाहन्छु।

मैले गरेको सानो सहयोग भए पनि शुभ-कार्यमा अनाबश्यक खर्च गर्नु भन्दा उपयोगी कामका लागि सहयोग पुर्याउँन जोड दिनु पर्छ भन्ने सन्देश मात्र हो।”उक्त प्राथमिक बिद्यालयमा करिब ८० जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन्।

भूकम्पबाट क्षति ग्रस्त जनकल्याण प्राबि
भूकम्पबाट क्षति ग्रस्त जनकल्याण प्राबि