नेइमारले भने, “फिफा बालोन डी’ओर रोनाल्डोले जित्छन्”


बार्सिलोनाका स्ट्राइकर नेइमारले यो वर्षको फिफा बालोन डी’ओर रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जित्ने बताएका छन् ।नेइमारले बार्सिलोनाका साथी खेलाडी लियोनल मेस्सीले नभइ रोनाल्डोले बालोन डी’ओर जित्ने बताएका हुन् ।

बालोन डी’ओरका लागि खेलाडीको मनोनयन हुन भने बाँकी नै छ । नेइमारले भने ‘रोनाल्डोले च्याम्पियन्स लिग र युरोकपको उपाधि जितेका छन् । यस्तै उनी उत्कृष्ट खेलाडी पनि हुन् । त्यसैले सन् २०१६ को बालोन डी’ओर उनैले जित्छन् ।’गएको वर्षको अवार्डमा अन्तिम तीनमा रोनाल्डो, मेस्सी र नेइमार परेका थिए ।

रोनाल्डो र नेइमारलाई पछि पार्दै मेस्सीले पाँचौं पटक उपाधि जितेका थिए । रोनाल्डोले सन् २००८, २०१३ र २०१४ मा उपाधि जितेका थिए । – फक्स स्पोर्टस