बेल्जियम रेडक्रस फष्टेड भोलिन्टियर लारा र अन्ना पोखरामा


पोखरा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीमा आवद्ध रही २०५० सालमा स्थापना भएको उपशाखा १०।११ मा बेल्जियम रेडक्रस फष्टेड भोलिन्टियर लारा र अन्ना प्राथमिक उपचार तथा सडक दुर्घटना अवलोकनका साथै नेपाल रेडक्रस सोसाइटी उपशाखा १०।११ को वार्षिक कार्यक्रमको विषयमा अन्तरकृया कार्यक्रम एक समारोहका बीच सम्पन्न भयो ।

कार्यक्रममा उपशाखा १०।११ को तर्फबाट स्वागत गर्दै अन्ना र लारा र सुशीलराज रेग्मीलाई मायाको चिनो टोपी हस्तान्तरण गर्दै सभापति सम्मरबहादुर श्रेष्ठले उपशाखाको वार्षिक गतिविधिमाथि प्रकाश पार्दै यस वर्ष विशेष गरी सडक सुरक्षा सम्बन्धी जेब्राक्रसिङबाट सडक पार गराउन ४० जना भोलिन्टियर परिचालन गरिएको र स्वास्थ्य शिविर संचालन उपशाखा १०।११ को तला थप सम्पन्न गर्ने बताए ।

कार्यक्रममा उपशाखाको वार्षिक कार्यक्रममाथि प्रकाश पश्चात बेल्जियम रेडक्रस प्राथमिक उपचार तथा सडक दुर्घटना भोलिन्टियर (फष्टेड) लारा र अन्नाले नेपालको रेडक्रस र उपशाखा संचालनमा केही फरक रहेको र बेल्जियममा स्वास्थ्य सम्बन्धी सबै काम सरकारले हेर्ने हुँदा आज हामी रेडक्रसले स्वास्थ्य, वातावरण समेतमा चासो राखी लागिेको खुसी व्यक्त गर्दै यस उपशाखाको माध्यमबाट नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्न पहल गर्ने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रेडक्रस प्राथमिक उपचार तथा सडक दुर्घटना महाशाखाका कार्यक्रम अधिकृत, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपनिर्देशक खेमराज सापकोटा, उपशाखा १०।११ का यस्कर सदस्य भिममाया पौडेल, उपशाखाका विशिष्ट सदस्य लेखबहादुर थापा, जिल्ला शाखा कास्कीका सदस्य एवम् उपशाखा १०।११ का समन्वयकर्ता सूर्य ढकाल लगायतका वक्ताहरुले उपशाखा १०।११ ले सडक दुर्घटना तथा प्राथमिक उपचार सम्बन्धी हरेक हप्ताको शुक्रबार भोलिन्टियर खटाई जेब्राक्रसिङबाट पैदलयात्रीलाई सडक पार गर्ने कार्य गरेकोमा धन्यवाद दिंदै वार्षिक गतिविधि प्रष्ट भएको बताउँदै अझै प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा उपशाखा १०।११ को भवनको तला थप कार्यमा उपशाखा १०।११ का उपसभापति गंगा कुँवरबाट रु.२५ हजार १ सय २५, सहकोषाध्यक्ष जीवन श्रेष्ठबाट रु.२५ हजार १ सय २५ रुपैयाँ भवन निर्माण कार्यमा सहयोग स्वरुप प्रदान गर्नुभएको थियो । उपशाखाका सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपशाखा १०।११ का कोषाध्यक्ष सीता तिमिल्सिना र कार्यक्रमको संचालन सचिव सूर्य बहादुर बानियाले गरेका थिए ।