एनआरएन नवौं युरोपेली क्षेत्रीय बैठकको तयारी अन्तिम चरणमा


बार्सिलोना / गैर आवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी जुलाई ३० र ३१ तारिख डेनमार्कको कोपेनहेगनमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो। क्षेत्रीय बैठक आयोजक कमिटिको सचिवालय बैठकले तयारी बारे छलफल गर्दै अब अन्तिम चरणमा पुगेको जनाएको छ।

“युरोपका नेपालीको अभियान: लगानी, पुनर्निर्माण र पर्यटन” भन्ने नारा सहित युरोपेली बैठक हुने भएको हो। देशमा बिनाशकारी भूकम्प पछि पुनर्निमाण र पर्यटन क्षेत्रलाई बैठकले बढवा दिने अपेक्षा राखिएको छ। सन् २०१४ को बार्सिलोनामा सम्पन्न पछिल्लो युरोपेली बैठक भने “युरोपमा एनआरएन अभियान,नेपाल र नेपालीको पहिचान” भन्दै सम्पन्न भएको थियो।

एनआरएनए युरोप क्षेत्रीय संयोजक तथा तयारी समितिका संयोजक कुल आचार्यले बिभिन्न क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको जनाएका छन्। बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुबाट सहभागीहरु सबैले अनलाईन दर्ता तथा होटल बुकीङ् समयमा नै गरिदिए बैठक झनै प्रभावकारी हुने संयोजक आचार्यले बताए।

उनले भने,” सहभागीहरु सबैले अनलाईन दर्ता र होटल बुकीङ् समयमा नै गरिदिए होटल खर्च पनि धेरै सस्तो पर्ने हुँदा त्यता तर्फ ध्यान दिन अनुरोध गर्दछु। युरोपियन बैठकका लागि प्रायोजक तथा सहयोगीहरुलाई धन्यबाद दिन चाहन्छु अझ सजिलोका लागि समयमा नै एनआरएनए डेनमार्कको एकाउन्टमा रकम जम्मा गर्न पनि अनुरोध गर्दछु।”

तयारी समितिका सदस्य सचिव सोम सापकोटाले बैठकका लागि हालसम्म २६ हजार युरो प्रतिबद्दता रकम उठिसकेको जानकारी दिए। आँफूले बोलेको रकमलाई बैङ्क खाता नंम्बर 4387231264,IBAN no:DK 0420004387231264, BIC No: NDEADKKK जम्मा गरिदिन अनुरोध गरेका छन्। दुई दिनको बैठक बाहेक अघिल्लो दिन जुलाई २९ तारिख हुने बिभिन्न कार्यक्रमहरु बारे पनि छलफल भईरहेको सापकोटाले बताए।

सम्भव भएसम्म उद्घाटन सत्रमा पुरष सहभागीलाई दौरा सुरुवाल ढाका टोपीमा र महिला सहभागीहरुलाई साडीमा उपस्थित गराउँने तयारी चलिरहेको बताईन्छ। कार्यक्रमको तालिका भने संघका पुर्ब प्रबक्ता तथा अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार हेमराज शर्माले तयार गरेका छन्।

उद्घाटन सत्र बिहान ८.३० बजेबाट  सुरु हुने आयोजकले जनाएको छ।  यस्तै युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुका समस्याहरु तथा प्रतिबेदनलाई समेटेर स्मारिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ।

आगामी हप्ता टेलीकन्फरेन्स मार्फत नवौ युरोपेली बैठक तथा सातौ महिला सम्मेलन बारे अन्तिम युरोपस्तरीय तयारी बैठक बस्ने भएको छ। बिभिन्न उपसमितिहरुको विवरण,आर्थिक संकलन,स्मारिका प्रकाशन, दर्ता प्रक्रिया लगायत बिबिध बिषयहरु अन्तिम छलफल गर्दै सम्पूर्ण तयारी पुरा गर्ने संयोजक आचार्यले बताएका छन्।

शनिबार सम्पन्न सचिवालय बैठकमा स्थानीय स्तरमा भएको तयारी बारे गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका युवा सह- संयोजक लोकराज शर्माले जानकारी गराएका थिए भने सदस्य सचिव सापकोटाले बैठकको संचालन गरेका थिए।

अनलाईन दर्ताका लागि यहाँ क्लिक गर्नुहोस्। 

प्रायोजक/ सहभागीहरुको सूची (केहि अपडेड हुन बाँकी )Screen Shot 2016-07-18 at 00.02.34Screen Shot 2016-07-18 at 00.02.49