युवाहरुद्धारा एक ट्रक गाँजा नष्ट


पोखरा । पोखरा उपमहानगर पालिका वडा नं. २४ कृस्तिनाच्ने चौरस्थित वयली, हर्राबोट टोलका स्थानिय युवाहरुले करीब एक ट्रक हरियो गाँजाका रुखहरु आइतबार नष्ट गरेका छन् । टोल र समाजमा अवान्छीत गतिविधि र युवाहरुलाई कुलतबाट जोगाउने उद्देश्यले गाँजा फडानी अभियान सन्चालन गरेको सोसल युवा क्लवका अध्यक्ष्य अनिल थापाले बताए ।

आइतबार मात्र करीब ६० घर धुरीमा सन्चालन गरीएको उक्त अभियान वयली, मैदान, चुरेटागाँउ, हर्राबोट, दोपहरे र स्यार्तुङ्ग लगाएतका टोलहरुमा सन्चालन गरिएको पर्वत सुवेदीले बताए । साउन, भदौ गाँजा नियन्त्रणको लागी अनुकुल समय भएकोले हाम्रो टिम हरियो रुखहरु नष्टगर्न लागेको अजय पोख्रेलले बताए ।

सो अभियानमा २५ प्रतिशत घर धुरीमा अर्थोपार्जनको उद्देश्यले गाँजा संरक्षण गरीएको अभियानमा सहभागी अर्का युवा कपिल सुवेदीले जानकारी दिए । अभियानलाई कसैले पनि अवरोध नगरेको र संकलीत गाँजालाई पढेराको खोल्सामा लगेर स्थानिय पत्रकार रमेश पोख्रेलको रोहवरमा आइतवारनै नष्ट गरीएको थियो ।