दोहोरी गीत प्रतिष्ठान गण्डकी अध्यक्षमा गुरुङ


पोखरा/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी अञ्चलको चौथो अधिवेशनले शंकर विरही गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा सिता केसी, प्रथम उपाध्यक्षमा अम्मर धिताल, द्धितिय उपाध्यक्षमा जयकुमार परियार, महासचिवमा सुरेन्द्र गुरुङ, सचिवमा राजन कार्की, कोषाध्यक्षमा विजय केसी र सह कोषाध्यक्षमा मञ्जु वि.क. सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी कार्यसमिति सदस्यमा युवराज भण्डारी, राजेन्द्र सुवेदी, रामजी पौडेल, प्रदिप त्रिपाठी, होम गुरुङ, चन्द्रा कार्की, निश्चल थापा मगर, धन बहादुर गायक, शंकर पन्त, भोला भण्डारी, कृष्ण भण्डारी, इन्द्र गुरुङ, कल्पना केसी र तारादेवी थापा रहेका छन् । शिव केसी, अर्जुन गैरे, केशव देवकोटा, शिवहरी ढुङ्गाना र निसा पोखरेल सचिवालय सदस्यमा चयन भएका छन् ।

manoj-ghatari-magar

यसअघि प्रतिष्ठान गण्डकीको वरिष्ठ उपाध्यक्ष रहेका नवनिर्वाचित अध्यक्ष गुरुङले अधिवेशनको मिति भन्दा झण्डै दुई महिना अगाडि आफ्नो कार्ययोजना सार्वजनिक गरेका थिए । उनले कलाकार कल्याणकारी कोष अभिवृद्धि गरि ११ लाख ११ हजार १ सय ११ पु¥याउने, गण्डकी अञ्चल भित्रका सबै लोक दोहोरी गायक, गायिका, संकलक, बाध्यबादकहरुको हक हितको लागि काम गर्ने तथा अन्य स्थानबाट पोखरा आएर बसेका सबै कलाकारलाई एकीकृत गर्दै लैजाने योजना बनाएका छन् ।

प्रतिष्ठान नेपाल गण्डकी अञ्चल कार्यसमितिको चौथो अधिवेशनमा विभिन्न व्यक्तिलाई सम्मान । यस वर्ष अग्रज स्रष्टा सम्मानबाट प्रतिष्ठानका पूर्व अध्यक्ष कल्याकारी कोषका अध्यक्ष दुर्गा रायमाझी, स्व. नर बहादुर परियार स्मृति कलाकारिता सम्मान गोरखाका रामचन्द्र अर्याललाई प्रदान गरिएको थियो । यस्तै स्व. तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार यस वर्ष शुक्रबार साप्ताहिकका पत्रकार मनोज घर्ती मगरले पाएका छन् ।

सबैको राशी पाँच हजार पाँच सय ५५ र सम्मान पत्र छ । स्व. टेकबहादुर केसी क्रियाशील कलाकारिता पुरस्कारबाट मीना गुरुङ र कलाकार कल्याणकारी कोषबाट नव प्रतिभा राजु केसीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि नगद तीन हजार तिन सय ३३ र सम्मान पत्र छ । त्यसैगरी उत्कृष्ट शाखामा कास्की, उत्कृष्ट संरक्षक सल्लाहकारमा भीम भट्टराई, उत्कृष्ट सदस्यहरुमध्यबाट सीता केसी र सुरेन्द्र गुरुङ सम्मानित भएका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र शर्माले लोक दोहोरी क्षेत्र राज्यले उपेक्षा गरेको बताए । यो क्षेत्रमा ‘सिस्टम’ नबस्दा समस्या भने भएको उनको भनाइ थियो । कार्यक्रममा लोकगायिक एवं प्राज्ञ हरिदेवी कोइरालाले लोकगीतमा देखिएका विकृति र विसंगतिलाई हटाउनु पर्नेमा जोड दिइन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका गण्डकी अञ्चल कार्यसमिति अध्यक्ष जीवन दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङले स्वागत र महासचिव घनश्याम रिजालले कार्यक्रम सञ्चालन गरेका थिए ।