बीबीसी नेपाली सेबाका पूर्व प्रमुख खगेन्द्र नेपाली सम्मानित (भिडियो सहित)


बार्सिलोना/  बीबीसी नेपाली सेबाका पूर्व प्रमुख खगेन्द्र नेपाली स्पेनमा सम्मानित भएका छन्। युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपालीनेपाली डटकमले दोस्रो बार्षिकोत्सव समारोहको अबसरमा बरिष्ट संचारकर्मी नेपालीलाई सोमबार एक समारोह बीच सम्मान गरेको हो।

सन् १९७९ देखि झन्डै २७ बर्ष बीबीसी नेपाली सेबामा काम गरेर अबकास लिएका,बरिष्ट संचारकर्मी नेपालीलाई मिडियाले बिशेष सम्मान गरेको छ। लन्डनस्थित बीबीसी नेपाली सेवामा बिताएर अवकास लिनुअघि दश वर्ष उक्त सेवाको प्रमुख रहेका नेपाली पछिल्लो समय नेपाली साहित्यको अडियो बूक उत्पादनमा सक्रिय रहेका छन्। उनले पहिलो पटक नेपालको इतिहासमा नै अडियो बुकको जन्म दिएका थिए।

बरिष्ट संचारकर्मी नेपालीलाई कार्यक्रमका प्रमुख अतिथि  गैर आबासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष कुमार पन्तले दोसाल्ला ओढाई ताम्रपत्र प्रदान गरे। सम्मान समारोहमा बार्सिलोना स्थित नेपाली अबैतानिक बाणिज्य दूत लुईस बेल्बिस,अन्तराष्ट्रिय समन्वय परिषद महिला फोरम संयोजक सपिला राज भण्डारी ,सह संयोजक रजनी प्रधान लगायत एनआरएन अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

सम्मान पछि बोल्दै बरिष्ट सञ्चारकर्मी नेपालीले मिडियाका गतिबिधिहरु देखेर आँफू खुशी भएको बताए।प्रबासमा खोलिएका ई मिडियाहरुले यसरी नै यहाँको नेपाली समाजका गतिबिधिलाई समेट्दै लैजानु पर्नेमा जोड दिए। बिगत एक दशकमा ई मिडियाहरुले मारेको फड्को प्रंशसा योग्य रहेको बताउँदै यसलाई निरन्तरता दिनु पर्ने बताए।

बरिष्ट संचारकर्मी  सन् २००६ नोभेम्बरमा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त नेपालीको पहिलो अडियो बुक थियो। बीबीसीमा सुनिरहेको आबाजलाई त्यहाँबाट अवकास लिए पनि स्रोताहरुले अडियो बुक मार्फत पुन: सुन्न पाउँदा झनै रुचाए।

त्यसपछि नेपालीले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक, झमक घिमिरेको आत्मजीवनीपरक निवन्ध “जीवन कांडा कि फूल” लाई  अडियो बुकको रुपमा ल्याएका छन्।