लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी अधिबेशन असार ३० मा


पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको चौथो अधिबेशन असार ३० गते शुक्रवार पोखरामा हुने भएको छ ।

प्रतिष्ठानले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अधिबेशनको तयारी पुरा भएको जानकारी दिएको छ ।

प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतिष्ठान नेपालका अध्यक्ष चन्द्र शर्मा, प्रमुख संरक्षक प्रजापति पराजुली र महासचिव घनश्याम रिजाल लगायतले बोलेका थिए ।

उक्त अधिबेशनले अग्रज स्रष्टा अन्र्तगत प्रतिष्ठानका पूर्व अध्यक्ष एवं कल्याणकारी कोषका अध्यक्ष दुर्गा रायमाझी, स्व. तिर्थसागर सुवेदीको स्मृति पुरस्कारबाट मनोज घर्तिमगर, स्व. टेकबहादुर केसी क्रियाशिल पुरस्कारबाट जिल्लामा सक्रिय कलाकार एक जना, स्व. नरबहादुर परियार स्मृति कलाकारितावाट पूर्व केन्द्रिय सदस्य रामचन्द्र अर्याल लगायतलाई जनही नगद पाँच हजार पाँच सय ५५ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

अधिबेशनले आगामी ३ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन समेत गर्ने छ । अधिबेशनको दिन पोखराको मानवअधिकार चोकदेखि न्यूरोड, सभागृह हुदै ¥याली सिर्जनाचोकस्थित साईमन पार्टी प्यालेसमा पुगी कार्यक्रममा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

आफ्नो कार्यकालमा प्रतिष्ठान गण्डकीले लोक दोहोरी क्षेत्रमा मात्र नभएर सामाजिक कार्यमा समेत सक्रियता देखाउदै विभिन्न महत्वपूर्ण कार्य गर्दै आएको अध्यक्ष दाहालले वताए ।