बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार पत्रकार रुद्रबहादुर थापालाई


पत्रकार रुद्रबहादुर थापा

पोखरा । पोखरा एक्सप्रेस साप्ताहिक पत्रिकाका संस्थापक प्रधान सम्पादक स्व. बालकृष्ण उग्रताराको स्मृतिमा उनको परिवारद्धारा स्थापित बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष अग्रज पत्रकार रुद्रबहादुर थापा सम्मानित हुने भएका छन् ।

वि.सं. २०४३ सालबाट अवलोकन दैनिकमार्फत पत्रकारितामा आवद्ध थापा हाल आर्दशसमाज दैनिकमा सह–सम्पादकको रूपमा कार्यरत छन् ।

पत्रकार तिलक पराजुलीको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनौट समितिले सिफारिस गरे बमोजिम पत्रकार थापालाई सम्मानित गर्न लागिएको सो पत्रिकाका प्रधान सम्पादक जमुना बर्षा शर्माले जानकारी दिएकी हुन् ।

पश्चिमाञ्चल क्षेत्र भित्र कम्तिमा १५ वर्ष पत्रकारिता गरेकालाई प्रदान गर्दै आएको उक्त पुरस्कार यस अघि पाल्पाका मेघराज शर्मा, कास्कीका कुशुमकेशव पराजुली, पर्वतका भोला शर्मा, कास्कीका नवराज सुवेदी र नारायण कार्कीले प्राप्त गरि सकेका छन् ।

पोखरा एक्सप्रेस पत्रिकाले संचालन गर्दै आएको उक्त पुरस्कार दुई लाख एक हजार एक सय ११ अक्षयकोष तथा २० हजार एक सय ११ नगद राशी सहित सम्मानपत्र र दोसल्ला रहेको छ । सो पुरस्कार स्वर्गिय उग्रताराको वार्षिक स्मृति दिवस साउन २० गते प्रदान गरिने पत्रिकाले जनाइएको छ ।