जनसम्पर्क समितिले जे.एस.एस कपको बारेमा पत्रकार सम्मेलन गर्दै


सोहि दिन टाई सिट पनि गरिने

कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कले तेस्रो जे.एस.एस कप फुटबल प्रतियोगीताको बारेमा जानकारी तथा अन्तरक्रिया कार्यक्रम गर्नको लागि पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।यहि जुलाई २३, २४ र २९ गते हुन गैरहेको तेस्रो जनसम्पर्कको पुर्वसन्ध्यामा सो कार्यक्रम गर्न लागिएको जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य ( नवीन) ले बताए ।

Screen Shot 2016-07-12 at 11.43.15

सोहि कार्यक्रममा दर्ता भएका सबै टिमका खेलाडी, अफिसियल तथा खेलप्रेमी सबैलाई आमन्त्रण गरिएको जनसम्पर्क समितिका खेल संयोजक तथा तेस्रो जेएसएस कपको संयोजन गरिरहेका कृष्ण गिरिले बताए ।

यसै गरी सोहि पत्रकार सम्मेलनमा दर्ता भएका टिमहरुको टाई सिट पनि गरिने भएको छ । तत्पश्चात कुन टिम कुन समूहमा पर्ने तय हुनेछ । खेल सबै लिग खेलाइने जनसम्पर्क समितिले जनाई सकेको छ । निम्न मिति र समयमा पत्रकार तथा अन्तरक्रिया कार्यक्रम हुनेगरि सुचना जारी गरिएको छ ।

मिति : २०१६ जुलाई १८ सोमबार
स्थान : बेलाहोय खेल मैदान
समय : बेलुका १८:00 बजे

तेस्रो जनसम्पर्क समिति कपको अफिसियल मेडिया पार्टनर नेपालीनेपाली डट कम रेहको छ ।