जनसम्पर्क समिति नर्वेद्वारा भलिवल प्रतियोगीता तथा ग्रील पार्टी सम्पन्न


नेपालीनेपाली डट कम सम्वादाता

ओस्लो । नेपाली जनसम्पर्क समिति नर्बेको आयोजनामा जुलाई ९,२०१६ ओस्लोको सङसभान नर्बेमा भलिवल तथा ग्रिल पार्टी कार्यक्रम भब्यताका बिच सम्पन्न भएको छ। आपसी भाइचारा वृद्धि गर्नु यस कार्यक्रमको उद्धेश्य रहेको जनसम्पर्क समिति नर्वेले जनाएको छ ।

Screen Shot 2016-07-12 at 15.40.53
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि श्री लालगोपाल आर्यालले भलिवल सर्भिस गरी गर्नुभएको थियो। कुल सात टिमको सहभागीता रहेको  प्रतियोगितामा एन आर एन ए नर्बे, प्रवासि नेपाली फोरम- नर्बे,नेपाली जनसम्पर्क समिति  नर्बेका दुई टिम, बिवेकसिल नेपाली- नर्बे, नेपाली पोर्चुगिस समाज- नर्बे, र हेल्पिङ ह्यन्ड फर नेपाल- नर्बे  रहेका थिए ।

Screen Shot 2016-07-12 at 15.39.38
प्रतियोगितामा प्रवासि नेपाली फोरमले पहिलो स्थान हासिल गर्न सफल भयेको थियो भने बिवेकसिल नेपालीले दोस्रो स्थान हासिल गर्यो। कार्यक्रमको आर्को आकर्षण ग्रिल पार्टी रहेको थियो जहाँ नर्वेमा नासोबास गर्ने सबै नेपाली दाजुभाइ, दिदीबहिनी तथा स-साना बालबालिकाहरुले एक आपसमा भेटघाट गरी भाइचारा वृद्धि गर्न सहयोग पुर्याएका थिए । पुरस्कार बितरण समारोहको अध्यक्षता गर्दै नेपाली जनसम्पर्क समितिका सभापति श्री जिवन बहादुर साहीले बिजयी टिमलाई बधाई तथा सुभकामना ब्यक्त गर्नुभयो। प्रमुख अतिथि अर्यालले मन्तब्यका क्रममा अनुशासनलाई बिशेष प्राथमिकतामा राख्दै खेलाडीहरुको खेल प्रदर्शन बाट आफु निकै उत्साहित भएको बताउनु भयो।

यसैगरी सोहि कार्यक्रममा जनसम्पर्क नर्वेका वरिष्ठ उपाध्यक्ष जितेन्द्र शाहीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम गर्नुको उद्धेश्य प्रकाश पार्दै नर्वेमा रहनु हुने सबै नेपालीहरु बीच सदभाव कायम गर्दै आपसी भाइचारामा वृद्धि गर्नु रहेको बताए भने नेपाल बाट आउनु भएका विशेष अतिथी अछामबाट कांग्रेस महाधिवेशन प्रतिनिधी सुरत बहादुर विस्टले विदेशमा रहेर पनि नेपाली नेपाली बीच खेलको माध्यमले सदभाव बढाउने कार्य गरेकोमा जनसम्पर्क समिति नर्वेलाइ धन्यवाद दिएका थिए ।

Screen Shot 2016-07-12 at 15.39.53
एक दिन सम्म संचालन भएको सो प्रतियोगीता तथा ग्रील पार्टी कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समितिका वरिष्ठ महामन्त्री सुदीप राज पाण्डेयले गर्नुभयो।Screen Shot 2016-07-12 at 15.40.21