नेपाली नेपाली डटकमको बार्षिकोत्सव ऎतिहासिक ,भब्य रुपमा सम्पन्न


बार्सिलोना / सबै नेपालीहरुको खबर नेपालीनेपाली डटकमको दोस्रो बार्षिकोत्सव ऎतिहासिक बनेको छ। सोमबार बार्सिलोनामा एक भब्य समारोह बीच मिडियाको दोस्रो बार्षिकोत्सव सम्पन्न भएको हो। “नेपाली घुम्नलाई सुरक्षित छ” भन्दै मिडियाले चलाएको अभियान सहित,व्यक्तित्व सम्मान,भिडियो सन्देश,लगायत साँगितिक प्रस्तुतिले कार्यक्रम ऎतिहासिक बनेको हो।

स्पेनको ईतिहासमा नै पहिलो पटक युरोपका बिभिन्न मुलुकहरुबाट चर्चित व्यक्तित्वहरुको सहभागिता रह्यो। गैर आबासीय नेपाली संघका अभियन्ताहरुको बाक्लो उपस्थितिले कार्यक्रम एनआरएन मय बनेको थियो। एनआरएनए केन्द्रिय उपाध्यक्ष,अन्तराष्ट्रिय समन्वय परिषद महिला संयोजक,सह संयोजक,युरोप संयोजक,आईसीसी सदस्यहरु लगायत एनआरएन अभियन्ताहरको बाक्लो उपस्थिति रहेको थियो।

बीबीसी पुर्ब प्रमुख लगायत आचार्य र कटुवाल सम्मानित

युरोपमा सामाजिक,पत्रकारिता र संगीतको क्षेत्रमा योगदान पुर्याउँने व्यक्तित्वहरु सम्मानित भएका छन्। एक भब्य समारोह बीच बीबीसी नेपाली सेवाका पुर्ब प्रमुख खगेन्द्र नेपाली,गैर आबासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका संयोजक कुल आचार्य र बाँसुरी बाधक बिनोद कटुवाल सम्मानित भएका हुन्। युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमले आफ्नो दोस्रो बार्षिकोत्सवको उपलक्ष्यमा तिनै जनालाई सम्मान गरेको हो।

IMG_8399सन् १९७९ देखि झन्डै २७ बर्ष बीबीसी नेपाली सेबामा काम गरेर अबकास लिएका,बरिष्ट संचारकर्मी नेपालीलाई कार्यक्रमका प्रमुख अतिथि गैर आबासी नेपाली संघ (एनआरएनए) केन्द्रिय उपाध्यक्ष कुमार पन्तले दोसल्ला ओढाएर सम्मान गरे।  सन् २००६ नोभेम्बरमा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त उनले उत्पादन गरेको पहिलो अडियो बुक हो। बीबीसीमा सुनिरहेको आबाजलाई त्यहाँबाट अवकास लिए पनि स्रोताहरुले अडियो बुक मार्फत पुन: सुन्न पाउँदा झनै रुचाएका छन्।

उनले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक, झमक घिमिरेको आत्मजीवनीपरक निवन्ध “जीवन कांडा कि फूल” लाई  अडियो बुकको रुपमा ल्याएका छन्।

13619972_10157036997515567_4588091027734058796_nयस्तै गैर आबासीय नेपाली संघ युरोप क्षेत्रका संयोजक कुल आचार्य “युरोप बर्ष व्यक्तित्व” घोषित भएका छन्। सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो। सन् २००३ देखि नै संघका गतिबिधिलाई,नजिकवाट बुझेका आचार्य गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेको सदस्य,कार्यसमिति उपाध्यक्ष हुँदै एनआरएनए युकेको अध्यक्ष समेत बने। उनले आईसीसी सदस्य हुँदै हाल युरोप क्षेत्रको संयोजकको रुपमा जिम्मेबारी सम्हालेका छन्। एनआरएन युकेको अध्यक्ष हुँदा आचार्यले साना- ठुला  गरी ६२ बढी  च्यारिटी कार्यक्रमहरु गरेका थिए।

 

13680519_10157036979420567_4352849646156603210_nकलाकारिताको क्षेत्रबाट चर्चित बाँसुरीबाधक बिनोद कटुवाल सम्मानित भएका छन्। ५ बर्ष देखि स्पेनमा बस्दै आएका कटुवालले बासुरीको धुनलाई अफ्रिका र साउथ अमेरिकाको संगीतमा मिसाएका छन्। बार्सिलोनामा खोलिएका रासाकान र आमानान्तु ब्याण्डसँग मिलेर, बिदेशी संगीतमा बासुरीको धुन मिलाउँदै उनि अनबरत संगीत यात्रामा लागि परेका छन्।
गैर आबासीयहरुको चासोको बिषयमा सहकार्य गर्ने :- उपाध्यक्ष पन्त

प्रमुख अतिथिका रुपमा बोल्दै  गैर आबासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष कुमार पन्तले मिडियासँगको सहकार्य र हातेमालो नै गैर आबासीय नेपाली संघ आजको स्थानमा आएको स्मरण गरे। उनले गैर आबासीय नेपालीहरुको चासोका विषयमा मिडिया सँग सहकार्य गर्ने बताए। उपाध्यक्ष पन्तले दुई बर्षकै अवधिमा नेपालीनेपाली डट कमले उच्च सफलता हासिल गरेको बताउँदै, “केहि बर्षमै यो मिडिया सबै नेपालीहरुले हरेक बिहान कफि लिनु अघि खोल्ने र पढ्ने मिडिया बनोस्” भनि शुभकामना ब्यक्त गरे।13626368_10157036990710567_7828800986055480856_nअन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत महिला संयोजक सपिला राजभण्डारीले नेपालीनेपाली डटकमले महिला हितका पक्षमा सशक्त्त रुपमा कलम चलाएको चर्चा गरिन्। उनले कतिपय महिलाहरुले भोग्नु परेका हिंसात्मक घटनाहरु नेपालीनेपाली डटकम मार्फत जानकारी पाएको बताउँदै सम्बन्धित ठाउँमा झकझकाउँन सक्षम बनेको बताईन्।13645350_644951535680419_7681450402216184643_nमहिला सह-संयोजक रजनी प्रधानले नेपालीनेपाली डट कमले गैर-आवासिय नेपाली संघको अभियानलाई समाचार सम्प्रेषणका माध्यमबाट ठूलो सहयोग गरेको बताईन्। गैर-आवासिय नेपाली संघका सदस्य द्वय एकराज गिरी र डा. विनय श्रेष्ठ, एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले  सफलताको कामना गरे।  त्यसैगरी स्विटजरल्याण्डका युवा संयोजक अर्जुन बस्ताकोटीले एनआरएनए  स्विटजरल्याण्डको तर्फबाट मिडियालाई शुभकामना मनतब्य दिए।नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिव हिरालाल श्रेष्ठ र नेपाल स्विस डटकमका जंगम खड्काले कार्यक्रमको प्रत्यक्षप्रसारण गरेका थिए।

नेपाल घुम्नलाई सुरक्षित छ:-

नेपालीनेपाली डट कमले “नेपाल भ्रमणका लागि सुरक्षित छ” भन्ने अभियान सहित बिशेष भिडियो सामाग्री प्रस्तुत गरेको थियो। नेपालको पर्यटन प्रवर्धनका लागि एक छुट्टै कार्यक्रमका बीच नेपालको पर्यटन प्रवर्धनका लागि तयार पारिएको भिडियो प्रस्तुत गरिएको हो। बसन्त रानाभाट र डा. विनय श्रेष्ठको लेखन, हिरालाल श्रेष्ठको भिडियो सम्पादन र आशा स्टुकिको आबाजमा अंग्रेजि भाषामा तयार परिएको एक वृतचित्र प्रस्तुत गरियो। नेपाल पुगेका पर्यटकहरुका बिचारलाई पनि भिडियो मार्फत देखाईएको थियो।

13600311_10157036980475567_938670864696960788_nनेपालको पर्यटन प्रवर्धन कार्यक्रममा बोल्दै स्पेनका लागि नेपाली वाणिज्यदूत लुईस बेल्भिसले आफुले ११६ पटक नेपालको भ्रमण गरेको चर्चा गर्दै नेपाल भ्रमणका लागि सुरक्षित रहेको बताए। त्यसैगरी फेमिलिया हेटौडाका अध्यक्ष स्पेनिस नागरिक आईना बार्काले नेपाल भ्रमणका लागि सुरक्षित मात्र नभई भ्रमणका लागि सुन्दर पनि रहेको बताईन। कार्यक्रममा नेपाल भ्रमण गरिहेका पर्यटकहरुको नेपाल सुरक्षित छ भन्ने विचार सहितको भिडियो प्रस्तुति प्रभावकारी रह्यो। अंग्रेजी भाषामा संचालित उक्त कार्यक्रमको संचालन समी गुरुङले रोचक ढंगले गरेकी थिईन्।
सुभाषको स्वरमा झुम्यो बार्सिलोना

स्विटजरल्याण्डका चर्चित गायक सुभाष सुन्दास, संगीतकार रामु परियार र स्पेनका कलाकारहरु संजय विक्रम शाह र बिपिन गुरुङको लाईभ प्रस्तुतिले बार्सिलोना संगीतमय बन्यो। गायक सुन्दासले आफ्नो एल्बम “उड्न देउ” केहि गीतहरु सुनाए भने बाँकी नेपाली चर्चित गीतहरु नै प्रस्तुत गरे।

13680793_10157037000315567_8868250714363738805_n नेपथ्यका गीतहरु गाउँदा बार्सिलोनाका दर्शकहरुले अमृत गुरुङको झल्को मेटाए। उनि यूरोपको नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायक हुन्। संगीतकार रामु परियारको स्विटजरल्याण्ड बसाई एक बर्षमात्र भएपनि छोटो समयमा नै संगीतिक क्षेत्रमा स्थापित हुन सफल भएका छन्। सुन्दास र परियारको टिमले दर्शकहरुलाई थाक्ने गरी नचाए।

कार्यक्रम अबधि भर सुजल भण्डारीको हास्य प्रस्तुति सबै भन्दा चर्चित बन्यो। भण्डारीले दर्शकहरुलाई पेट मिचिमिची हँसाए। लोक दोहोरी गायिका सुमी घिमिरे सापकोटा,गायिका समी गुरुङ, विष्णु रानाभाटले सांगीतिक कार्यक्रम प्रस्तुत राखे। यस्तै अजय लोप्चन,डिक कार्कीको गीति नाटक लगायत सुस्मिता गिरी, दिब्या भण्डारी र सोनिया खत्रीले आकर्षक नृत्यहरु प्रस्तुत गरे। नेपाली पाठशाला स्पेनका बालबालिकाहरु सुर्के थैली बोलेको गीतमा नाच्दा दर्शकहरुले बालबालिकाहरुलाई खुलेर प्रशंसा गरे।

13620377_10157036971705567_3463464060690996279_nनेपाली नेपाली प्रधान-सम्पादक बसन्त रानाभाटले एनआरएन अभियन्ता,बीबीसी नेपाली सेवाका पुर्ब प्रमुख लगायत युरोपका चर्चित व्यक्तित्वहरुको बाक्लो उपस्थितिले कार्यक्रम ऎतिहासिक भएको बताए।

उनले भने,” हामीलाई युरोपको नेपाली समुदायबाट ठुलो हौसला मिलेको छ,त्यसैले अझै बढी मेहनत गर्ने छौ।” पत्रकार महासंघ युरोप शाखाका सदस्य दीपक क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार भोला लामिछानेले अतिथिलाई मन्तब्य राख्दै स्वागत गरेका थिए।

13645109_10157037001375567_4103641708276761229_n 13659089_10157036970950567_2553982488456160163_n 13620377_10157036971705567_3463464060690996279_n 13600268_10157036976890567_7848862990388068550_n 13627097_10157036977885567_7407796814998633889_n 13606975_10157036988765567_3404295242884970633_n 13606483_644956732346566_2296816824138895420_n 13600250_10157036998850567_533353933832763852_n 13620099_10157036997540567_3631585803492937772_n 13620877_644956429013263_8718738455502243217_n 13619950_644954639013442_7725727797034010208_n 13606671_644953789013527_6934120141011039654_n 13686583_644951542347085_6910384629289193758_n 13681012_644951539013752_4144174773119671811_n IMG_8527