डेनमार्कमा भलिवल पछि जे.एस.एस.कप फुटबल को रौनक


 प्रकाश ढकाल

कोपनहेगन । भर्खरै ओ एन एफ कप भलिवल प्रतियोगीता भव्य रुपले सम्पन्न भए पश्चात यही जुलाई महिनाको चौथो सात अर्थात जुलाई महिनाको २३, २४ र २९ मा डेनमार्कमा रहने नेपाली नेपाली बीच हुने फुटबल प्रतियोगीताले माहौल तातेको छ । जनसम्पर्क समिति डेनमार्कले आयोजना गर्न लागेको तेस्रो जनसम्पर्क कप फुटबल प्रतियोगीताको कारण अहिले फेरि फुटबलको माहौल बनेको हो ।

Screen Shot 2016-07-12 at 11.43.15
अघिल्ला दुइ  वर्ष पनि जनसम्पर्क समितिले फुटबल प्रतियोगीता गरेको र अहिले त्यसैको निरन्तरता हो । प्रत्येक वर्ष गर्मी महिनाको अवसर पारेर यसरी नै भव्य फुटबल प्रतियोगीता आयोजना गरिने जनसम्पर्क समितिले बताई सकेको छ ।

अघिल्लो वर्षको प्रतियोगीता भव्य र सभ्य रुपले सम्पन्न भएको र यो वर्ष अझै भव्य बनाइने जनसम्पर्क समितिका अध्यक्ष नवराज आचार्यले बताएका छन । प्रतियोगीता भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराखिने पनि उनले बताए ।

जनसम्पर्क समितिले अघिल्लो वर्ष पनि निकै सफलता पुर्वक फुटबल प्रतियोगीता संचालन गरेको थियो । अघिल्लो वर्षको खेल आयोजनाले डेनमार्कमा रहेका फुटबल प्रेमीहरुलाई निकै उत्साहित पनि बनाएको थियो । प्रायोजक देखि सह-प्रायोजक सम्मले निकै सहयोग गरेका थिए । यसपाली पनि सबैको सहयोगको अपेक्षा आयोजकले गरेको छ ।

यस पटकको प्रतियोगीतामा पनि अघिल्लो वर्ष जस्तै लिग चरण अन्तर्गत नै खेल खेलाइने आयोजकले बताएका छन । जनसम्पर्क समितिका खेलकुद संयोजक तथा फुटबल प्रतियोगीता आयोजनाको संयोजन गरिरहेका कृष्ण गिरिले बताए अनुसार खेल इलेभेन साइड अन्तर्गत खेलाइने भएकोले अघिल्लो पटक भन्दा यस पटक खेल अझ रोचक सम्भावना रहेको बताए । धेरै टिम भए पनि व्यबस्थापन पनि सोहि अनुसार गरिने उनले बताए ।

प्रवासमा खेल प्रतियोगीता मात्र नभई नेपाली नेपाली बीच भाइचाराको सम्बन्ध स्थापित गर्नको लागि पनि हो । खेलले सम्बन्धहरुलाई अझै नजिक बनाउँछ र साथीभाई बीच चिनजान पनि बढाउँ मद्धत गर्छ । प्रवासमा भेटघाट र जमघटको लागि खेल अपरिहार्य रहेको जनसम्पर्क समितिका महामन्त्री बुद्धि सापकोटाले बताए ।

खेल प्रतियोगीता आयोजना नजिकिए संगै नेपालीहरु बेल्लाहोए र रिपार्कन तथा नारेब्रोको मैदानमा खेल खेल्न शुरु गरिसकेका छन् । बेल्लाहोए को तीन वटा मैदानमा हरेक दिन नेपालीहरुले खेलिरहेको देखिन्छ ।

आठ टिमले सहभागिता जनाउने

जनसम्पर्क समितिले जुलाई १० सम्म टिम दर्ताको समय तोकेको थियो । आठ टिम दर्ता भएको जानकारी खेल संयोजक कृष्ण गिरिले दिएका छन् । आठ टिम निम्नअनुसार रहेका छन्
१. हिमालयन फुटबल क्लब ( अघिल्लो पटकको बिजेता )
२. युनिटी फुटबल क्लब  ( अघिल्लो पटकको उपबिजेता )
३. बेल्लाहोए फुटबल क्लब
४. डी. एम. ओन्स मोर
५. पासा पुछा फुटबल क्लब
६.जे एस एस फुटबल क्लब
७. ओ एन एफ फुटबल क्लब
८. राइनो नेपाल युथ क्लब