पोर्चुगलको फुटबल ईतिहासमा सबै भन्दा ठुलो सफलता,युरो कपको उपाधि चुम्यो


चोटका कारण २५ औं मिनेटमा रुदै मैदान छाडेका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिममा फेरि हर्षको आँशू झारे । निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा गएको खेलमा पोर्चुगलको लागि १०९ औं मिनेटमा इडरले गोल गर्दै यूरोकपको उपाधि पक्का गरेका हुन् ।

आयोजक फ्रान्सलाई १-० गोल अन्तरले पराजित गर्दै रोनाल्डोको टोली पोर्चुगलले जित हात पारेको हो । रोनाल्डोको बहिर्गमनले निराश पोर्चुगली टोलीको लागि गोलकर्ता इडर नायक ठहरिए । खेल अवधिभर फ्रान्सले पोर्चुगललाई दबावमा राखे पनि जितको लागि पोर्चुगलले गोल गर्न सक्यो ।13654363_1180893758630135_3303450229035032384_nखेल अवधिभर पटक पटक पोर्चुगाली पोष्टमा दवाब सिर्जना गरेको आयोजक टोली फ्रान्सले जितको लागि कुनै गोल गर्न सकेन । निर्धारित समयभरी खेलमा फ्रान्सले पोर्चुगाली किपर र डिफेन्सलाई व्यस्त राखेको थियो ।

तर, १०९ औं मिनेटमा मैदानको मध्यभागमा पाएको बललाई इडरले सदुपयोग गरेपछि महत्वपूर्ण उपाधि जित्ने पोर्चुगाली सपना पूरा भएको हो ।

चोटका कारण मैदान छाड्नु परेकोमा दु:खित देखिएको पोर्चुगाली स्टार रोनाल्डो जितपछि खुशी देखिए र उपाधि उचाल्दै टोलीसंग खुशी मनाए ।

13592658_1180894001963444_8000240959034334349_nयसअघि घरेलु भूमिमा आयोजित विश्वकप र यूरोकप उपाधि जितेको फ्रान्सले भने यो पटक स्टेडियममा उपस्थित आफ्नो हजारौं समर्थकलाई निराश तुल्यायो ।

खेल अवधिभर महत्वपूर्ण अवसर सिर्जना गरिरहे पनि उपाधिको लागि आवश्यक गोल गर्नबाट चुक्दा फ्रान्स निराश बनेको हो ।  यूरोकपमा ८ गोल गरेका फ्रान्सका ग्रीजमेनले गोल्डेनबुट जिते ।

फाइनल प्रवेशको लागि पोर्चुगलले वेल्स र फ्रान्सले विश्वविजेता जर्मनीलाई सेमीफाइनलमा पराजित गरेको थियो ।- – एजेन्सी,