महिला फोरम संयोजक र सह- संयोजक बार्सिलोनामा


बार्सिलोना। नेपालीनेपाली डटकमको दोस्रो बार्षिकोत्सव समारोहमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद स्थित महिला फोरमका संयोजक तथा सह संयोजक बार्सिलोना आई पुगेका छन्।  संयोजक सपीला राज भण्डारी र सह संयोजक रजनी प्रधान आईतबार राती बार्सिलोना आएका हुन्।

राज भण्डारी र प्रधानको स्वागतका लागि एनआरएनए स्पेनकी उपाध्यक्ष बिनिता रेग्मी खनाल,महिला फोरम स्पेनकि निबर्तमान संयोजक शितल भुर्तेल भुसाल र  नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाट विमानस्थल पुगेका थिए।

IMG_8347आज हुने मिडियाको बार्षिकोत्सवमा बेलायत, स्बिजरल्याण्ड, जर्मनी,रसिया,बेल्जियम,डेनमार्क,होल्याण्ड लगायतका युरोपेली मुलुकहरुबाट नेपालीहरुको सहभागिता रहने भएको छ।  बार्षिकोत्सव समारोहका लागि युरोपमा स्थापित व्यक्तित्वहरु,एनआरएन अभियन्ता,बरिष्ट पत्रकार,समाजसेबी,ब्यबसायी,कलाकार लगायत बिभिन्न संघ सँस्थामा आबद्द व्यक्तित्वहरुको सहभागिता रहने भएको हो।

बार्षिकोत्सव समारोहलाई गैर आबासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्ने भएका छन्। समारोहमा बीबीसी नेपाली सेबाका पुर्ब प्रमुख खगेन्द्र नेपालीलाई बिशेष सम्मान गरिने भएको छ। युरोप बर्ष ब्यक्तित्व र कलाकारिता क्षेत्रबाट सम्मानित कलाकारको नाम पनि बिशेष समारोहमा नै घोषणा गरिने मिडियाले जनाएको छ।