पार्बती आमा समुहको अध्यक्षमा थापा


पोखरा । पोखरा उपमहानगरपालिका वडा नं. ९ बसपार्कस्थित सुकुम्बासी टोलमा रहेको पार्बती आमा समुहको तेस्रो साधारण सभा तथा अधिबेशनले लेखमाया थापाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

received_956291654468479

समितिको उपाध्यक्षमा डोलमाया चोचाङगि पुन, सचिवमा रेनुका सेढाई, सहसचिवमा मानमाया तामाङ, कोषाध्यक्षमा लोकमाया पाण्डे र सहकोषाध्यक्षमा निरमाया खाम चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा उममाया पाण्डे, कुमारी रखाल, सुमित्रा नेपाली, रेखमाया गुरुङ, कृष्ण बिक, प्रमिला तमाङ, आशा बुढामगर, ज्ञान कुमारी कार्की, शकुन्तला वस्नेत, कृष्ण कुमारी श्रेष्ठ, सरिता खड्का, मंजु रानाभाट, शुशिला गुरुङ, गंगा सिंखडा, कृष्ण सुनार, बिन्दु गुरुङ, मुन्ना देबी बिक, बालकुमारी धिताल र सरस्वती अधिकारी चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि टोल विकास संस्था वडा समन्वय समिति पोखरा ९ का संयोजक उत्तम जोशीले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका थिए ।

सो अबसरमा सचिव लेखमाया थापाले प्रगति प्रतिबेदन र कोषाध्यक्ष कल्पना सिलवाल आर्थिक प्रतिबेदन सर्बसम्मत पारित भएको थियोे भने कार्यक्रम संचालन बिकास आनन्दले गरेका थिए ।