नेपालीनेपाली डटकमको कार्यक्रममा लागि युरोप संयोजक आचार्य बार्सिलोना आउँदै


बार्सिलोना। नेपालीनेपाली डटकमको दोस्रो बार्षिकोत्सव समारोहमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद स्थित युरोप क्षेत्रका संयोजक कुल आचार्य बार्सिलोना आउँने भएका छन्। संयोजक आचार्य आगामी सोमबार मिडियाको कार्यक्रममा सहभागिता जनाउँनका लागि बार्सिलोना आउँन लागेका हुन्।

युरोप क्षेत्रका स्थापित व्यक्तित्वहरु,एनआरएन अभियन्ता,बरिष्ट पत्रकार,समाजसेबी,ब्यबसायी,कलाकार लगायत बिभिन्न संघ सँस्थामा आबद्द व्यक्तित्वहरुको कार्यक्रममा ब्यापक सहभागिता रहने मिडियाले जनाएको छ।

बार्षिकोत्सव समारोहलाई गैर आबासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्ने भएका छन्। समारोहमा बीबीसी नेपाली सेबाका पुर्ब प्रमुख खगेन्द्र नेपालीलाई बिशेष सम्मान गरिने भएको छ। युरोप बर्ष ब्यक्तित्व र कलाकारिता क्षेत्रबाट सम्मानित कलाकारको नाम पनि बिशेष समारोहमा नै घोषणा गरिने मिडियाले जनाएको छ।

प्रबासबाट नेपालको पर्यटन प्रबद्वनको लागि नेपाल घुम्नलाई सुरक्षित छ भन्दै बिभिन्न कार्यक्रम भईरहेका बेला मिडियाले पनि सोही अभियान चलाएको छ। नेपाल पुगेका पर्यटकहरु तथा पर्यटन विदहरुको बिचारलाई समेटेर बिशेष भिडियो सामाग्री बार्षिकोत्सवमा देखाउँने भएको छ।

भिडियोमा जर्मनी,डेनमार्क,क्यानाडा,स्बिजरल्याण्ड,स्पेन लगायतका मुलुकवाट नेपाल पुगेका पर्यटकहरुको धारणा समेटिएको छ।

गत बर्ष भूकम्प पछि,”शोकलाई शक्तिमा बदलौ,देश दुखेको बेला घर फर्कौ अभियान” चलाएको मिडियाले यस पटक भने,”नेपाल सुरक्षित छ ” भन्ने सन्देशलाई प्रबाह गर्ने भएको हो। यो अलवा कलाकारहरुको बेजोड साँगीतिक प्रस्तुति समेत रहने भएको छ। स्बिजरल्याण्डबाट गायक सुबास सुन्दास आफ्नो प्रस्तुतिको लागि बार्सिलोना आईपुगेका छन्। स्थानीय कलाकारहरुको कार्यक्रममा बेजोड प्रस्तुति रहेको मिडियाले जनाएको छ।