विश्वबिजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरो फाईनलमा


विश्वबिजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रबेश गरेको छ ।मार्सेलीमा भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै घरेलु टोली फ्रान्सले आइतबार पोर्चुगलसँगको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ।  फ्रान्सका लागि दुवै गोल एथ्लेटिको मडि्रडका सुपरस्टार एन्टाेइन ग्रिजम्यानले गरेका थिए ।

फ्रान्स र पोर्चुगलबीचको फाइनल खेल आगामी आइतबार राति फ्रान्सको राष्ट्रिय रंगशालामा हुनेछ । पोर्चुगल यसअघि वेल्सलाई हराउँदै प्रतियोगितको फाइनलमा पुुगिसकेको छ ।13592788_1177692902283554_2590630726316818801_n