नेपालीनेपाली डटकमको कार्यक्रमका लागि, गायक सुन्दास बार्सिलोनामा


बार्सिलोना। नेपालीनेपाली डटकमको दोस्रो बार्षिकोत्सव समारोहमा साँगितिक प्रस्तुतिका लागि स्बिजरल्याण्डका गायक सुबास सुन्दास बार्सिलोना आईपुगेका छन्। आगामी जुलाई ११ तारिख सोमबार हुने बिशेष समारोहका लागि गायक सुन्दास बार्सिलोना आईपुगेका हुन्।

गायक सुन्दासलाई नेपालीनेपाली डटकमका प्रधान सम्पादक वसन्त रानाभाट र एनआरएनए स्पेनका सचिव रामप्रसाद सापकोटा (बिराज) ले विमानस्थलमा स्वागत गरेका थिए।

गायक सुन्दासले बिशेष समारोहमा आफ्नो एल्बम उड्न देउ वाट केहि गीतहरु सुनाउँने छन् भने बाँकी दर्शकको रोजाईमा नचाउँने गीत संगीत प्रस्तुत गर्दै छन्। उनले भने,” पहिलो पटक स्पेन आएको हुँ,सबैको मन जितेर जाने बिश्वास लिएको छु।”

गायक सुन्दासले आफ्नो लाईभ प्रस्तुतिमा गायक अमृत गुरुङका गीत सुनाउँदा गत बर्ष  डेनमार्कलाई नेपथ्यमय बनाएका थिए।  उनले यस अघि साईप्रसका दर्शकहरुको पनि मन जितेका थिए। गायक  सुन्दासलाई स्बिजरल्याण्डबाट नै आउँने संगीतकार रामु परियार,स्पेनका सन्जय बिक्रम शाह र बिपिन गुरुङले लाईभ प्रस्तुतिका लागि साथ दिने भएका छन्। नेपालीनेपाली डटकमको कार्यक्रमका लागि पाहुना आउँने क्रम सुरु भईसकेको छ।