तिन मिनेट रोनाल्डोले जादु देखाउँदा,पोर्चुगल युरोकप फाईनलमा


पेरिस/ क्रिष्टियानो रोनाल्डोले तीन मिनेटमा देखाएको जादुका कारण पोर्चुगल युरोकपको फाइनलमा पुगेको छ । वेल्स बिरुद्दको सेमिफाईनल खेलमा ५० औं मिनेटमा राफायल गुएरेइरोको कर्नर प्रहारलाई सदुपयाग गर्दै सुपरस्टार क्रिष्टियानो रोनाल्डोले पेनाल्टी एरियाबाट हेडमार्फत सुरुवाती गोल गरे । त्यसको ३ मिनेट पछि   ५३औं मिनेटमा भएको दोस्रो गोलमा पनि रोनाल्डोकै योगदार रहृयो र उनैको पासमा स्टार मिडफिल्डर नानीले सहजै बललाई जाली चुमाउन सफल भए ।

अन्तत : पोर्चुगलले २-० गोल अन्तरले वेल्सलाई पराजित गर्दै युरो कपको फाईनलमा प्रबेश गरेको छ। १२ बर्ष पछि पोर्चुगलदोस्रो पटक युरोको फाइनलमा पुगेको हो । सन् २००४ मा घरैमा भएको प्रतियोगिताको फाइनलमा पोर्चुगलले ग्रिससँग पराजय ब्यहोरेको थियो ।

3605056E00000578-3677777-image-a-45_1467837214376फ्रान्सको ल्योनस्थित ओलम्पिक रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा पोर्चुगलले सुरुवातमै २ गोल गर्न सफल बनेको थियो। प्रतियोगितामा दुई पहेँलो कार्ड पाएर पोर्चुगलबिरुद्धको खेल गुमाएका आरोन राम्सेको अनुपस्थितिमा वेल्सको मिडफिल्ड कमजोर देखिएको थियो । अग्रपंक्तिमा ग्यारेथ बेलले पनि गतिलो साथ पाएनन्।

पोर्चुगिज टोलीको प्रदर्शन भने प्रतियोगिताका अघिल्ला खेलहरुमा भन्दा निक्कै सुधारिएको थियो । भाग्यले नै सेमिफाइनलमा आएको भनी आलोचना भईरहेका बेला पोर्चुगलले आलोचकहरुको समेत मुख बन्द गरिदिएको छ।

रोनाल्डोको रेकर्ड

रोनाल्डोले युरो कपमा सर्बाधिक गोल कर्तामा सुचीमा आँफुलाई उभ्याएका छन्। मिचन प्लाटिनीको सर्बाधिक ९ गोलको रेकर्डसँग रोनाल्डोले बराबरी गरेका हुन्। जारी सिजनमा भने उनले ३ गोल गरेका छन्।

सन् २००४,२०१२ र २०१६ गरी तिन वटा सेमिफाईनल खेल खेल्ने पहिलो खेलाडी समेत बनेका छन्। यस्तै युरो कपमा सहभागितामा सबै भन्दा खेल खेल्ने खेलाडीको रेकर्ड पनि उनकै पोल्टामा छ। हाल सम्म रोनाल्डोले युरो कपका २० खेल खेलिसकेका छन्।

पोर्चुगलले अब जर्मनी र आयोजक फ्रान्सबिरुद्धको बिजेतासँग उपाधिका लागि आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।  १२ बर्ष पछि दोस्रो पटक युरो कप फाईनल खेल्दै छन्। सन् २००४ को फाईनलमा ग्रिससँग पराजित हुँदा पनि रोनाल्डो फाईनल खेलेका थिए।36055ECE00000578-3677777-image-a-74_14678415921703604FC8A00000578-3677777-image-a-41_146783672350536055ECE00000578-3677777-image-a-74_1467841592170

 

तपाईको प्रतिक्रिया