नेपालीनेपाली डटकमको कार्यक्रमका लागि अन्तिम तयारी बैठक बारे सूचना


नेपालीनेपाली डटकमको दोस्रो बार्षिकोत्सव समारोह आगामी जुलाई ११ तारिख बार्सिलोनामा हुने बारे स्पेन स्थित नेपाली समुदायलाई सर्बबितिदै छ। कार्यक्रममा सहभागिता लागि स्पेन स्थित एनआरएन,राजनीतिक,जातीय,क्षेत्रीय लगायत सबै संघ संस्थाहरुलाई यस अघि पत्राचार गरिसकेका छौ। दोस्रो बार्षिकोत्सव समारोहका लागि युरोपमा स्थापित व्यक्तित्वहरु,एनआरएन अभियन्ता,बरिष्ट पत्रकार,समाजसेबी,ब्यबसायी,कलाकार लगायत बिभिन्न संघ सँस्थामा आबद्द व्यक्तित्वहरुको ब्यापक सहभागिता रहने हुँदा हामी तयारीको निकै अन्तिम चरणमा पुगेका छौ।

आउँने अतिथिहरुको स्वागत तथा सत्कार,होटल तथा खाना तथा यातायात ब्यबस्थापन,स्वयंसेवक परिचालन बारे अन्तिम बैठक यही जुलाई ८ तारिख शुक्रबार बस्ने निर्णय गरेका छौ। स्पेन स्थित संघ संस्था लगायत नेपाली समुदायलाई यो बैठकका लागि पत्राचार गरेका छैनौ,तर यसै सूचनालाई आधार मान्दै, बैठकमा उपस्थित भई दिनु हुन बिनम्र अनुरोध गर्दछौ। एउटा मिडियाको मात्र कार्यक्रम नभई सम्पूर्ण स्पेन स्थित नेपाली समुदायको प्रतिनिधित्व गर्ने हुँदा सफल पार्न बिगतमा जस्तै यस पटक पनि यहाँहरुको सहयोग,सद्भाव तथा सुझावको ठुलो अपेक्षा राखेका छौ।

अन्तिम तयारी बैठक बारे बिबरण

मिति :- जुलाई ८ तारिख शुक्रबार

समय:– दिउँसो ४.३० बजे

स्थान:- एनआरएन स्पेनको कार्यलय बार्सिलोना

आयोजक:– नेपालीनेपाली डटकम

नोट:– बैठकमा एउटा संस्थाको एक प्रतिनिधि मात्र आउँनु भन्ने छैन,समय उपलब्ध हुने सबैलाई उपस्थितिको हार्दिक अनुरोध गर्दछौ।