एनआरएनए उपाध्यक्ष कुमार पन्त बार्सिलोना आउँदै


बार्सिलोना। नेपालीनेपाली डटकमको दोस्रो बार्षिकोत्सव समारोहमा सहभागी बन्न  गैर आबासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष कुमार पन्त आईतबार बार्सिलोना आउँने भएका छन्। आगामी सोमबार हुने मिडियाको दोस्रो बार्षिकोत्सव कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा उद्घाटन गर्न उपाध्यक्ष पन्त बार्सिलोना आउँन लागेका हुन्।

युरोप क्षेत्रका स्थापित व्यक्तित्वहरु,एनआरएन अभियन्ता,बरिष्ट पत्रकार,समाजसेबी,ब्यबसायी,कलाकार लगायत बिभिन्न संघ सँस्थामा आबद्द व्यक्तित्वहरुको कार्यक्रममा ब्यापक सहभागिता रहने मिडियाले जनाएको छ।

बार्षिकोत्सव समारोहमा बीबीसी नेपाली सेबाका पुर्ब प्रमुख खगेन्द्र नेपालीलाई बिशेष सम्मान गरिने भएको छ। बरिष्ट सञ्चारकर्मी नेपाली आज नै बार्सिलोना आउँदै छन्। यस्तै युरोप बर्ष ब्यक्तित्व सम्मान र कलाकारिता क्षेत्रबाट एक जनालाई नेपालीनेपाली डटकमले सम्मान गर्दै छ। सम्मानित व्यक्तित्वको नाम बिशेष समारोहमा नै घोषणा गरिने मिडियाले जनाएको छ।

यस्तै कार्यक्रममा सहभागी बन्न बिशेष अतिथिको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला फोरम संयोजक सपिला राज भण्डारी,सह- संयोजक रजनी प्रधान आईतबार बार्सिलोना आउँदै छन्। एनआरएन युरोप क्षेत्रका संयोजक कुल आचार्य भने सोमबार आउँदै छन् ।  स्बिजरल्याण्डबाट एनआरएन आईसीसी सदस्य डा बिनय श्रेष्ठ, नेपाली पत्रकार महांसघ युरोप शाखाका सचिव हिरालाल श्रेष्ठ, एनआरएन स्बिजरल्याण्ड युवा संयोजक अर्जुन बस्ताकोटी पनि आज नै बार्सिलोना आउँने तय भएको छ। यस्तै गायक सुबास सुन्दास,संगीतकार रामु परियारको टोली बार्सिलोना आईपुगेको छ।

प्रबासबाट नेपालको पर्यटन प्रबद्वनको लागि नेपाल घुम्नलाई सुरक्षित छ भन्दै बिभिन्न कार्यक्रम भईरहेका बेला मिडियाले पनि सोही अभियान चलाएको छ। नेपाल पुगेका पर्यटकहरु तथा पर्यटन विदहरुको बिचारलाई समेटेर बिशेष भिडियो सामाग्री बार्षिकोत्सवमा देखाउँने भएको छ। भिडियोमा जर्मनी,डेनमार्क,क्यानाडा,स्बिजरल्याण्ड,स्पेन लगायतका मुलुकवाट नेपाल पुगेका पर्यटकहरुको धारणा समेटिएको छ।

गत बर्ष भूकम्प पछि,”शोकलाई शक्तिमा बदलौ,देश दुखेको बेला घर फर्कौ अभियान” चलाएको मिडियाले यस पटक भने,”नेपाल सुरक्षित छ ” भन्ने सन्देशलाई प्रबाह गर्ने भएको हो। यो अलवा कलाकारहरुको बेजोड साँगीतिक प्रस्तुति समेत रहने भएको छ। स्बिजरल्याण्डका गायक सुन्दास लगायत स्थानीय कलाकारहरुको कार्यक्रममा बेजोड साँगितिक प्रस्तुति रहेको मिडियाले जनाएको छ।