स्पेनमा रहेका आप्रबासीहरु बिच फुटबल हुँदा, नेपालको पनि सहभागिता


बार्सिलोना/ स्पेनमा रहेका आप्रबासीहरु फुटबल प्रतियोगितामा भिड्ने भएका छन्। युरोप,एसिया,दक्षिण अमेरिकी मुलूकबाट स्पेनमा बसोबास गर्दै आएका आप्रबासीहरु प्रतिस्पर्धा गरीरहँदा नेपाल पनि भिड्ने भएको हो ।

जुलाई ९ र १० तारिख बार्सिलोनामा हुने मुनदियालितो(वल्डकप) सेभेन एसाईट फुटबल प्रतियोगिता हुन लागेको हो। अफसाईट फुटबल एसोसियसनले आयोजनामा प्रतियोगिता हुने स्पेनमा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्दै  टोलि कप्तान बनेका साङ्गे शेर्पाले जानकारी दिए।

टोलि कप्तान शेर्पाले भने,” हामी अरुको तुलनामा उमेरले धेरै साना छौ,प्रतियोगितामा उमेरको रोकतोक छैन, फेरि  स्पेन र कातालानको टोलि भएकाले प्रतिस्पर्धा निकै कडा छ। नेपालको राष्ट्रिय गान बजाउँदै खेल्न पाउँनु हामी सबैलाई गर्व हो। खेलमा पुगे पछि सधै जित्ने कोशिस त भई हाल्छ।” टिम दर्ता गर्ने शुल्क २ सय ५० युरो एनआरएनए स्पेनले उपलब्ध गराएको उनले बताए।

नेपाली टोलिमा कप्तान शेर्पाका अलवा एलन गुरुङ,गोकर्ण डुम्रे,सबिन गुरुङ,सुदिप गिरी,प्रशान्त पाण्डे,बसन्त थापा मगर,जीवन प्रेम घिमिरे,नबिन घिमिरे र किरण ढुंगाना रहेका छन्। आँफूहरुलाई हौसला प्रदान गर्नका लागि सहभागी बन्न नेपाली समुदायलाई  टोलिले अनुरोध गरेको छ।

फुटबल हुने मिति र स्थान :-
मिति : जुलाई ९ र १० तारिख
स्थान :- Cuitat Esportiva vall d’hebron – teixonera (L3 & L5 metro)13599548_10207647382115917_302331040_n