मेस्सीलाई कर छलीको अभियोगमा २१ महिना जेल सजाय


स्पेनको एक अदालतले बार्सिलोनाका फुटबल स्टार लियोनल मेसीलाई २१ महिना जेल सजाय सुनाएको बिबिसीले जनाएको छ। साथै उनलाई झन्डै २४ करोड रुपैंया (२ मिलियन युरो) जरिवाना पनि तोकेको छ।  कर छलिको अभियोगमा बुधबार अदालतले यस्तो सजाय सुनाएको हो।

स्पेनको कानुनमा दुई वर्षभन्दा कम जेल सजाय भएका अभियुक्तले कारागारमा बस्नुपर्दैन । उनीहरु प्रशासनको निगरानीमा जेल भुक्तान गर्न सक्छन् । मेस्सी र उनका बुबामाथि २००७ देखि ०९ को अवधिमा ४.१ मिलियन युरो बराबरको कर नतिरेको अभियोग छ ।

तस्वीरको कपिराइटबाट आएको पैसा कर छलेर बेलिज र उरुग्वेमा जम्मा गरेको अभियोनकर्ताको दाबी छ । तर, अदालतमा उपस्थित भएका मेस्सीले यसबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।_90305765_gettyimages-537561844