वेल्स फुटबल ईतिहासमा अहिले सम्मकै ठुलो सफलता,युरो सेमिफाईनलमा प्रबेश


पेरिस / वेल्सले आफ्नो  फुटबल ईतिहासमा अहिले सम्मकै ठुलो सफलता हात पारेको छ।पेरिसमा जारी युरो कप २०१६ को सेमीफाईनलमा प्रबेश गर्दै यस्तो सफलता हासिल गरेको हो। यसअघि सन् १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेको वेल्सका लागि त्यही नै ठुलो सफलता थियो। तर बिश्वकप पछिको ठुलो अन्तराष्ट्रिय प्रतियागिता मानिने युरोकप सेमिफाईनल गरेर वेल्सको फुटबल ईतिहासमा अहिले सम्मकै ठुलो सफलता हासिल गरेको हो।

शुक्रबार राति भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई निर्धारित ९० मिनेटमा ३-१ को गोल अन्तरले पराजित गर्दै वेल्सले ऎतिहासिक जित दर्ता गरेको छ।

लिलेमा भएको खेलमा बेल्जियमले राम्रो सुरुवात गरेको थियो । र, १३ औं मिनेटमा नै राड्जा नारिनगोलान्डको गोलबाट अग्रता लिएको थियो ।तर, यो खेललाई निरन्तरता दिन सकेन । ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल फर्काए । बेल्जियमविरुद्ध उनले नै कर्नरमा आएको बलमा हेडमार्फत बराबरी गोल फर्काए ।

पहिलो हाफ १-१ को बराबरीमा सकियो । दोस्रो हाफमा वेल्स हावी भयो । ५५ औं मिनेटमा हल रोब्सन कानुले गोल गरे भने ८५ औं मिनेटमा साम भोक्सले गोल गर्दै युरो २०१६ को अन्तिम चारमा वेल्सलाई पुर्‍याए । युरो सेमिफाईनलमा वेल्सले अब पाँचौ पटक सेमिफाईनलको यात्रा तय गरिसकेको पोर्चुगलसँग फाईनलका लागि प्रतिस्पर्धा गर्दै छ।

रियल म्याड्रिड फुटबल क्लबका दुई स्टार क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेल बीच सेमिफाईनलमा कडा प्रतिस्पर्धा हुने पक्का भएको छ। सन् २०१५- २०१६ को सिजनमा च्याम्पियन्स लिग जितेका यी दुई स्टार मध्ये, एकले जारी युरो कपको फाईनल खेल्ने भने पक्का भएको छ।

तपाईको प्रतिक्रिया